ad ad

कारोबार


अर्थमन्त्रीले सेयरबजारमा उत्साह आउने बजेट ल्याउनुपर्छ : विनोद चौधरी

अर्थमन्त्रीले सेयरबजारमा उत्साह आउने बजेट ल्याउनुपर्छ : विनोद चौधरी

फाइल तस्बिर


नेपालखबर
जेठ ५, २०७९ बिहिबार १६:५, काठमाडौँ

सेयरबजारमा उत्साह आउने गरी आगामी आर्थिक वर्षको बजेट आउनुपर्ने सांसद तथा उद्योगी विनोद चौधरीले बताएका छन्। 

उनले सेयरबजारमा धेरै लगानीकर्ताले आफ्नो पैसा गुमाइरहेको अवस्थामा उत्साह आउने गरी बजेट आउनुपर्ने उनले बताएका हुन्। 

विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकताबारेको छलफलमा बोल्दै उनले तरलता अभावको समस्या समेत समाधान गर्ने बजेट चाहिएको बताए। 

उनले भने, ‘लगानी गर्न चाहनेले बैंकबाट पुँजी पाउनसक्ने व्यवस्था हुने गरी सरकारले आफ्नो नीति लिनुपर्छ।’

त्यस्तै अर्थ मन्त्रालयको विषयमा बजेटको बेला बाहेक कहिल्यै पनि अर्थतन्त्रको छलफल हुन नसकेको चिन्ता व्यक्त गरे।  

उनले भने, ‘हाम्रो बजेट कार्यान्वयन गर्ने प्रशासनिक क्षमतामा ह्रास आएको कुरा हामीले उठाइरहेका छौँ। त्यसमा कसैले ध्यान दिएको देखिँदैन।’

पुँजीगत बजेट अहिलेसम्म ३१ प्रतिशत मात्रै भएको र त्यो सधैँ यस्तै रहेको बताए।  

उनले भने, ‘थोत्रो गाडीमा ड्राइभर फेर्दैमा त्यसको रफ्तारमा फरक पर्दैन। अहिलेको अर्थतन्त्र पनि त्यही हो।’

उनले अर्थमन्त्री र अर्थतन्त्रको विषयमा यस्तो टिप्पणी गरेका हन्। 
उनले नेपालको युवामा नैराश्य देखिएको बताए। 

‘युवा नेपालमा बस्न किन चाहँदैन। उनीहरुलाई शिक्षा दिनको लागि सरकारले सक्दैन र निजी क्षेत्रसँग सरकार मिल्न पनि सक्दैन’, उनले भने, ‘४३ अर्ब रुपैयाँ विदेश पढ्नको लागि पैसा गइरहेको छ।’ 

युवामा नयाँ उत्साह पलाउने र सन्देश जानुपर्ने सबैको धोको रहेकाले त्यसलाई ध्यान दिनुपर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .