ad ad

कारोबार


नेशनल लाइफ र एक–एक पाइलाले सिन्धुपाल्चोकको थोकर्पामा सामुदायिक अस्पताल बनाउने

नेशनल लाइफ र एक–एक पाइलाले सिन्धुपाल्चोकको थोकर्पामा सामुदायिक अस्पताल बनाउने

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १८:३, काठमाडौँ

सिन्धुपाल्चोक जिल्लाको थोकर्पा गाउँपालिकामा एक सामुदायिक अस्पताल स्थापना गरी सञ्चालन गर्न नेशनल लाइफ इन्स्योरेन्स कं. लि. र एक एक पाइला फाउन्डेसन संस्थामा आज एक सम्झौता भएको छ। 

कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र फाउण्डेसनका तर्फबाट फाउन्डेसनका प्रेसिडेन्ट डा. सुमन थापाले सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार उक्त अस्पताल एक एक पाइला फाउण्डेसनको अग्रसरतामा स्थापना र व्यवस्थापन हुनेछ र सो अस्पतालको सञ्चालनमा आर्थिक सहयोग पु¥याउन ३ वर्ष अवधिको लागि कम्पनीले प्रत्येक वर्ष २० लाख आर्थिक सहयोग गर्नेछ। 

समारोहमा डा. सुमन थापाले आर्थिक सहयोग उपलब्ध गराएकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरे। कम्पनीको तर्फबाट खत्रीले कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशील भई शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन एवं वातावरण संरक्षणजस्ता क्षेत्रमा विगत वर्षहरुदेखि नै चासो राखी आर्थिक सहयोग उपलब्ध गर्दै आएको संस्मरण गराउँदै सामुदायिक अस्पताल संचालनमा सहयोग गरी स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउन पाएकोमा खुसी व्यक्त गरे। 

स्वास्थ्य क्षेत्रमा कार्यरत रहेको प्रतिष्ठित एक एक पाइला फाउण्डेसन वि.सं.२०७२ देखि नेपालको दुर्गम क्षेत्रहरुमा निःशुल्क स्वास्थ्य सेवाहरु उपलब्ध गर्दै आइरहेको एक गैर सरकारी संस्था हो । नेपाली स्वयंसेवकहरु कार्यरत रहेको उक्त फाउण्डेसनले स्थानीय सरकार र स्थानिय साझेदारहरुको सहकार्यमा विशेष गरी दुर्गम क्षेत्रहरुमा स्वास्थ्य शिविरहरु स्थापना गरी उल्लेखनीय स्वास्थ्य सेवा पु¥याउँदै आएको छ।

कम्पनीको यस सहयोगबाट १५ शय्याको सामुदायिक अस्पतालको सञ्चालन भ उक्त क्षेत्र वरिपरि रहेका करीब ५० हजार सर्वसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुने आशा गरिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .