ad ad

कारोबार


कोका–कोलाको सहकार्यमा हिमाल सरसफाइ अभियान, २९ हजार किलो फोहोर संकलन

कोका–कोलाको सहकार्यमा हिमाल सरसफाइ अभियान, २९ हजार किलो फोहोर संकलन

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १८:१५, काठमाडौँ

सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा हिमाल लगायत ४ हिम–शृंखलाहरुको सरसफाई गर्दै नेपाली सेनाको अगुवाइमा सुरु भएको हिमाल सरसफाइ अभियानको आधा कार्य सफल भएको छ। 

प्रमुख कर्पोरेट साझेदारको रूपमा कोका–कोला फाउन्डेसन रहेको यस अभियानमा अन्य थुप्रै संस्थाहरुले पनि  सहकार्य गरेका छन्।

यस क्याम्पेनमा नेपाली सेना र शेर्पाहरु गरी जम्मा ७७ जना सदस्य रहेका छन् । वार्षिक ११ सय आरोही आउने ८ हजार मिटरभन्दा बढी उचाइका यी ४ हिमालमा आरोही सँग–सँगै ठूलो मात्रामा फोहोर पनि भित्रिन्छन् जसले गर्दा हिमाली क्षेत्रको फोहोर व्यवस्थापन एक प्रमुख चुनौतीको रुपमा रहेको छ।

यही समस्या समाधान गर्नका लागि गत अप्रिल ५ बाट हिमाल सरसफाई अभियान शुरु गरिएको थियो जसमा अहिलेसम्म ४ वटा हिम–शृंखलाहरुबाट २९,९९८ केजी (५,२०४ केजी कुहिने र २४,७९४ केजी नकुहिनें) फोहोर संकलन भइसकेको छ। 

यी फोहोरहरुमा रित्तो अक्सिजन क्यानिस्टरहरु, पाल, खानेकुराका कन्टेनरहरु, प्लाष्टिक, गिलास, आल्मुनियम, इलेक्ट्रोनिक फोहोरहरु आदि रहेका छन्। 

अभियानलाई तीव्रता दिँदै ३५ हजार केजी फोहोर संकलन गर्ने लक्ष्य सहित हिमाल सरसफाई भइरहेको छ ।

अभियानबारे बोल्दै क्याम्पेन डिरेक्टरले भने, ‘अत्यधिक प्रतिकूल मौसम, चोट–पटकको सम्भावना र उच्च जोखिम भएकोले गर्दा हिमालको यात्रा चुनौतीपूर्ण हुन्छ। हाम्रो एक्स्पेडिसन टिमका सदस्यहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै हामीले अहिले सम्मको यात्रा तय गरेका छौँ। र यसैलाई निरनतरता दिँदै हामी यो अभियानलाई सुरक्षित र सफलतापूर्वक सम्पन्न गर्न सक्दो प्रयास गर्नेछौँ।’

नेपाली सेना र विभिन्न सरोकारवालाहरुको अगुवाइमा सञ्चालित यस हिमाल सरसफाई अभियान विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाई अभियान मध्यको एक हो र यो अभियानको तेस्रो संस्करण हो जसमा कोका–कोला फाउन्डेसन लगातार ३ वर्षदेखि प्रमुख साझेदार रहेको छ। 

हिमालको प्राकृतिक सुन्दरता र वातावरण संरक्षण तथा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने लक्ष्य सहित ४ वटा हिम–शृंखलाहरुको सरसफाइ गरी यो अभियान सञ्चालन गरिएको हो। यस वर्षको अभियानको नारा ‘हिमाल बचाउने प्रयासः हाम्रो हिमाल, हाम्रो दायित्व’ रहेको छ।

स्थानीय सरकार, सरोकारवाला र सम्बन्धित साझेदारहरूसँगको समन्वयमा यो अभियान अघि  बढिरहेको छ। यस अभियानबाट सङ्कलन गरिएका फोहोरलाई रिसाइकल पार्टनरलाई हस्तान्तरण गरिनेछ। यो अभियान विश्व वातावरण दिवसको अवसर पारेर जुन ५ मा समापन गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .