ad ad

कारोबार


झूटा करबीजक किनेर झण्डै ८ करोड करछली, विभागले १६ करोड माग्दै हाल्यो मुद्दा

झूटा करबीजक किनेर झण्डै ८ करोड करछली, विभागले १६ करोड माग्दै हाल्यो मुद्दा

नेपालखबर
जेठ ९, २०७९ सोमबार १४:४८, काठमाडौँ

राजस्व अनुसन्धन विभागले दुई व्यापारीविरुद्ध करछली गरी राज्यलाई नोक्सानी पु¥याएको भन्दै उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरेको छ। 

पर्साका व्यापारी जटाशंकर जैसवाल र पर्साकै श्रीराम ठाकुरविरुद्ध ७ करोड ९८ लाख ५२ हजार ५ सय ५३ रुपैयाँ कर छलेको भन्दै त्यसको दोब्बर जरिवाना माग्दै विभागले मुद्दा दायर गरिएको हो।

उक्त दुई जना चितवनमा व्यवसाय गर्दै आएका छन्। उनीहरुविरुद्ध कुल बिगो नै १५ करोड ९७ लाख ५ हजार १०६ रुपैयाँ मागिएको छ। श्रीराम ठाकुर र जैसवालले चितवनमा रहेको निरज ट्रेडर्स एन्ड सप्लायर्सबाट जालसाजीयुक्त, नक्कली तथा झूटा मूल्यअभिवृद्धि करबीजक खरिद गरी वित्तीय विवरण तथा आायविवरण तयार गर्ने गरेको खुलेको छ।

यसअनुसार आयकर ऐन तथा मूल्यअभिवृद्धि कर ऐन तथा नियमानुसार तिर्नुपर्ने कर नतिरेको विभागले आरोप लगाएको छ। 

यसबाट राज्यलाई तिर्नुपर्ने कर नतिरेको विभागले बताएको छ। उनीहरुले मूअ करतर्फ २ करोड ४१ लाख ३५ हजार ९ सय ४१ रुपैयाँ, आयकरतर्फ ५ करोड ५७ लाख १६ हजार ६ सय १२ रुपैयाँ छली गरेका छन्। राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को पहिलो संशोधनको २३ (१) अनुसार कायम भएको बिगोको शतप्रतिशत जरिवाना हुने व्यवस्था र कैद सजाय हुने व्यवस्था छ। सोहीअनुसार विभागले मुद्दा चलाएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .