ad ad

कारोबार


सरकारले देशको संकट समाधान गर्ने नीति तथा कार्यक्रम ल्याउन सकेन : गोकर्ण विष्ट

सरकारले देशको संकट समाधान गर्ने नीति तथा कार्यक्रम ल्याउन सकेन : गोकर्ण विष्ट

फाइल तस्बिर


नेपालखबर
जेठ १४, २०७९ शनिबार १४:११, काठमाडौँ

नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सांसद गोकर्ण विष्टले देशको संकट समाधान हुनेगरी सरकारले नीति तथा कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरेका छन्। 

सरकारले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै विष्टले यस्तो बताएका हुन्। 

‘यो सरकारले लामो समयका लागि गम्भीर बाटो देखाउनका लागि नीति कार्यक्रम ल्याउन मेहनत गर्न आवश्यक ठानेन होला सायद,’ उनले भने, ‘म सरकालाई आग्रह गर्न चाहन्छु कि देशले जुन संकटको सामना गरिरहेको छ त्यसको समाधान गर्नेगरी नीति तथा कार्यक्रम आउन सकेन्।’

सरकारको नियमनको अभावले असमानता पैदा गरेको भन्दै त्यसको सम्बोधन हुनेगरी कार्यक्रम नआएको उनले बताए। 

राज्यको नीति तथा कार्यक्रमले नेपाली युवाहरुको श्रम र सीपलाई नेपालमा प्रयोग गरे बदल्ने हिसाबले दिशाबोध गर्न नसकेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .