ad ad

कारोबार


चीनलाई सशंकित बनाई अमेरिकी कित्तामा लगेर नेपालको हित हुँदैन : गिरिराजमणि पोखरेल

चीनलाई सशंकित बनाई अमेरिकी कित्तामा लगेर नेपालको हित हुँदैन : गिरिराजमणि पोखरेल

फाइल तस्बिर


नेपालखबर
जेठ १४, २०७९ शनिबार १४:२७, काठमाडौँ

पूर्वमन्त्री गिरिराजमणि पोखरेलले नीति तथा कार्यक्रममा राष्ट्रिय सवालका  लिपुलेक, कालापानी र लिम्पियाधुराको विषय छाडेको बताएका छन्। 

उनले प्रतिपक्ष दलको नेताले लिपुलेक, कालापानी र लिम्पियाधुराको नक्सासहित छापिएको पुस्तकमा रोक लगाएको भन्दै किताब किन रोकियो जवाफ पनि नदिएको उल्लेख गरे। 

‘मिलेनियम च्यालेन्ज कर्पोरेसन संसदबाट पारित भएको कुरा उठेको छ तर यही संसदबाट पारित भएको १२ बुँदे व्याख्यात्मक घोषणा के भयो त्यसको जवाफ अपेक्षित छ’, उनले भने।  

चीनलाई सशंकित बनाएर नेपाललाई अमेरिकी कित्तामा लगेर नेपालको हित नहुने भन्दै उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणप्रति अहिलेदेखि नै सचेत हुन जरुरी रहेको बताए। 

नीति तथा कार्यक्रम देशको असहज परिस्थितिमा देशलाई कता लैजाने भन्ने प्रतिविम्ब भएको बताएका छन्। नीति तथा कार्यक्रम बढी महत्वकांक्षी नभएको बताए। 

कृषिमा आत्मनिर्भर हुन खोजिएको, उद्योग खोल्ने कुरा राम्रो रहेको भए पनि रोजगारी सिर्जना गर्ने र नयाँ गन्तव्य खोजेर युवालाई बाहिर पठाउने विषय बाझिएको बताए।
  
नीति तथा कार्यक्रमले २ वटा कुरा प्रष्ट पार्न नसकेको उनको भनाइ छ। पहिले अन्तर्मन्त्रालय कसरी समन्वय हुन्छ र मुलुकलाई दीगो लक्ष्य प्राप्त गर्ने गरी समृद्धिको दिशामा जाने गरी जनशक्ति प्रक्षेपण नभएको बताए। 

एक दशकभित्र सार्वजनिक शिक्षालाई सबल बनाउने कुरा नीतिमा नपरेको बताए। अघिल्लो सरकारले ल्याएको दिवा खाजा बाहेक, विद्यार्थी भर्ना अभियान, निःशुल्क सेनेटरी प्याड, साक्षर घोषणा लगायतको कार्यक्रम नरहेको बताए। 

विश्वविद्यालयको पुनर्संरचनाको कुरा नीतिमा आवश्यक रहे पनि उल्लेख नभएको बताए। 

संघीयतामा गइसकेको समयमा एक घर एक धाराको नीति स्थानीय तहको हुनुपर्ने धारणा राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .