ad ad

कारोबार


फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर ८ देखि १२ रुपैयाँ महंगियाे

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर ८ देखि १२ रुपैयाँ महंगियाे

नेपालखबर
जेठ २६, २०७९ बिहिबार २१:३५, काठमाडौँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ।

बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाएको हो।

बिहीबारको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल रमट्टितेलको १ सय ६५ रुपैयाँ पर्नेछ।

खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ।

यसअघि जेठ १९ गते पूर्वाधार कर बराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .