ad ad

कारोबार


मूल्य समायोजन निर्देशिका जारी नगरे सबै आयोजना रोक्ने निर्माण व्यवसायीको चेतावनी

मूल्य समायोजन निर्देशिका जारी नगरे सबै आयोजना रोक्ने निर्माण व्यवसायीको चेतावनी

नेपालखबर
असार ७, २०७९ मंगलबार १२:६, काठमाडौँ

नेपाल निर्माण व्यवसायी महासंघले इन्धनमा शतप्रतिशत मूल्यवृद्धिको कारण गौरवका आयोजनाहरु बन्द हुने स्थितिमा पुगेको जनाएको छ। 

महासंघले प्रेस विज्ञप्ति निकाल्दै केही महिनामै इन्धनमा शतप्रतिशत मूल्यवृद्धिले अत्यन्त जरुरीका आयोजना पनि ठप्प हुने बताएको हो। 

यसअघिकै मूल्यवृद्धिका कारण निर्माण उद्योगमा देखिएको विकराल समस्या समाधानका लागि सार्वजनिक खरिद ऐन तथा नियमावलीबमोजिम मूल्य समायोजन निर्देशिका जारी गर्ने विषयमा वार्ता भइरहेको समयमा हठात् मूल्यवृद्धिले महासंघ स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ। 

पेट्रोलियम पदार्थमा लिइने कर कटौती नगरी तथा चुहावटको समस्या समाधान नगरेर केवल अन्तर्राष्ट्रिय मूल्यलाई देखाउँदै एकोहोरो रुपमा निर्माण व्यवसायीसहित उपभोक्ताको ढाड सेकिने गरी भएको मूल्यवृद्धिले विकासमा नकारात्मक असर पार्ने महासंघको ठहर छ। 

निर्माण व्यवसायीलाई तत्काल राहत दिने गरी सरकारले मूल्य समायोजन निर्देशिका जारी नगरेमा कन्स्ट्रक्सन होलिडेका बीच सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरु र अति आवश्यक निर्माण परियोजनाहरु समेत बन्द गरी स्थगित आन्दोलनका कार्यक्रमसहित एक हप्ताभित्रै सशक्त कार्यक्रम गर्ने महासंघले चेतावनी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .