ad ad

कारोबार


भोलिदेखि हेलिकप्टर तथा हवाइ कम्पनीका आपत्कालीन र नियमित उडान बन्द

भोलिदेखि हेलिकप्टर तथा हवाइ कम्पनीका आपत्कालीन र नियमित उडान बन्द

नेपालखबर
असार ७, २०७९ मंगलबार १३:४८, काठमाडौँ

वायुसेवा सञ्चालक संघ नेपालले यही असार ८ देखि हेलिकप्टर तथा हवाइ कम्पनीका नियमित उडान स्थगित गर्ने निर्णय गरेको छ। 

संघले सरकारसँग विभिन्न माग अघि सार्दै यस्तो निर्णय गरेको हो। 

संघका अनुसार ५ बुँदे माग सम्बाेधन नभएसम्म अनिश्चितकालसम्म हवाइ उडान बन्द भएकाे हो। यद्यपि टिकट काटेकाे पैसा फिर्ता हुने संघले जनाएको छ।

संघका अध्यक्ष रामेश्वर थापाले वायुसेवामाथि इतिहासमै पहिलोपटक दमन सुरु भएकाले त्यसविरुद्ध आन्दोलनमा उत्रिनुपरेको बताए। 

‘२४/२५ वर्षमा धेरै कुरा सिक्दै आएका छौँ। अहिले नेपालको वायुसेवा अन्तर्राष्ट्रिय रूपमा पहिचान पाएको छ। नेपालको वायु सेवाले नाफाभन्दा सेवामा धायान दिएको छ’, अध्यक्ष थापाले भने, ‘यही वायुसेवामाथि इतिहासमै पहिलोपटक दमन सुरू भएको छ।’  

नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुमाथि दमन गरेको उनको दाबी छ। 

प्राधिकरणको दमनले ४० अर्ब रूपैयाँ लगानी भएको वायुसेवा धराशायी हुने उनले बताए। सोही कारण असार ८ गतेबाट सबै उडान बन्द गर्ने निर्णय गर्नुपरेको उनले बताए। 

के भन्यो संघले? ५ बुँदे मागसहित

संघमा नेपालका निजी क्षेत्रका १६ हवाइ कम्पनी आबद्ध रहेका छन्।

यसमा एयर डाइनेस्टी हेलि सर्भिस, एटिट्युड एयर, बुद्ध एयर, फिस्टेल एयर, गुण एयरलाइन्स, हेलि एभरेस्ट, हिमालय एयरलाइन्स, कैलाश हेलिकप्टर, मनाङ एयर, प्रभु हेलिकप्टर, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, सिम्रिक एयर, समिट एयर, तारा एयर, यती एयरलाइन्स संघमा आबद्ध रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .