ad ad

कारोबार


कुमारी बैंकको भिसा कार्डमा जुनसुकै देशबाट पठाएको पैसा पाउन सकिने

कुमारी बैंकको भिसा कार्डमा जुनसुकै देशबाट पठाएको पैसा पाउन सकिने

नेपालखबर
असार ८, २०७९ बुधबार १५:३०, काठमाडौँ

कुमारी बैंक लिमिटेडले भिसा इन्टरनेशनलसँग सहकार्य गरेको छ। 

योसँगै ग्राहकहरुले विश्वको जुनसुकै देशहरुबाट पठाइएको रकम तुरुन्तै आफ्नो भिसा डेबिट÷क्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त गर्नसक्ने भएका हुन्।  

विदेशमा रहेका स्वदेशी तथा विदेशीहरुले आफ्नो मोबाइल÷इन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिट्यान्स कम्पनीहरुमार्फत कुमारी बैंकको डेबिट÷क्रेडिट एवं प्रिपेड भिसा कार्डमा रकम सहजै पठाउन सक्नेछन्। 

विदेशबाट भिसा डाइरेक्टमार्फत रकम पठाउँदा सिधै आफ्नो भिसा कार्डमा जम्मा हुने यो भरपर्दो र सहज माध्यम भएको धारणा कुमारी बैंकका डिजिटल बैंकिङ्ग प्रमुख अनिष ताम्राकारले व्यक्त गरे। फ्रिल्यान्सरहरुले पनि यो सुविधा प्रयोग गरी आफ्नो आयआर्जन कुमारी भिसा डेबिट÷क्रेडिट एवं प्रिपेड मा सोझै प्राप्त गर्न सक्नेछन् । 

विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तहरुलाई तुरुन्त पैसा पठाउने ग्राहकवर्गहरुको चाहनालाई मध्यनजर गरी यो सेवा सुचारु गरिएको बैंकले जनाएको छ। 

यस प्रणालीमार्फत गरिएका प्रत्येक १५ हजार रुपैयाँभन्दा बढीको भिसा डाइरेक्ट कारोबारमा प्राप्त गर्नेलाई थप प्रोत्साहन रकम  ५ सय रुपैयाँ प्रदान गर्र्नेे व्यवस्था गरिएको बैंकले जनाएको छ ।

आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटीएम, ४४ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .