ad ad

कारोबार


नेपाल टेलिकमले घटायो इन्टरनेट र इन्ट्रानेटको लिज लाइन शुल्क

नेपाल टेलिकमले घटायो इन्टरनेट र इन्ट्रानेटको लिज लाइन शुल्क

नेपालखबर
असार ९, २०७९ बिहिबार १५:२४, काठमाडौँ

नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल घटाएको छ। 

कम्पनीले यही असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो।

इन्टरनेटको लिज लाइनअन्तर्गत एकदेखि २० एमबिपीएस ब्यान्डविथको महसुल दर अब एक हजार ६ सय रुपैयाँ मात्र कायम गरिएको छ। यसअघि दुई हजार रुपैयाँ शुल्क रहेकामा टेलिकमले ४ सय रुपैयाँ घटाएको हो ।

यस्तै २१ देखि ५० एमबीपीएसको महसुल दर दुई हजार ३ सय रुपैयाँ रहेकामा एक हजार ६ सय रुपैयाँ बनाइएको छ। ५१ देखि १०० एमबीपीएसको दुई हजार १ सय रुपैयाँ र १ सय एमबीपीएस ब्यान्डविथभन्दा बढी क्षमताको महसुल एक हजार ९ सय रुपैयाँ रहेकामा दुवैको महसुल दर घटाएर एक हजार ५ सय रुपैयाँ कायम गरिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए। 

उनका अनुसार इन्ट्रानेट लिज लाइनअन्तर्गत एकदेखि १० एमबीपीएस ब्यान्डविथको महसुल दुई हजार ७ सय रुपैयाँ रहेकामा दुई हजार ४ सय रुपैयाँ बनाइएको छ। यसैगरी ११ देखि १०० एमबीपीएसको दुई हजार ४ सय रुपैयाँ रहेकामा दुई हजार १ सय रुपैयाँ, १ सय एमबीपीएसभन्दा बढीको दुई हजार १ सय रुपैयाँ रहेकामा एक हजार ८ सय रुपैयाँ कायम गरिएको छ।

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ। उक्त सेवामा इन्टरनेटको अपलिङ्क र डाउनलिङ्क क्षमता सधैँ बराबर रहनाका साथै २४सै घण्टा निरन्तर डेडिकेटेडरूपमा उपलब्ध भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .