ad ad

कारोबार


अर्थमन्त्री–गभर्नर भेट : सेयर लगानीकर्ता र बैंकका माग सुनुवाइ गरिदिन आग्रह

अर्थमन्त्री–गभर्नर भेट : सेयर लगानीकर्ता र बैंकका माग सुनुवाइ गरिदिन आग्रह

नेपालखबर
असार १५, २०७९ बुधबार १८:८, काठमाडौँ

अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ। 

राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी गरिरहँदा बुधबार अर्थ मन्त्रालयमा मन्त्री शर्मा र गभर्नर अधिकारीबीच छलफल भएको हो। 

उक्त छलफल मौद्रिक नीतिबारे केन्द्रित रहेको मन्त्रालय स्रोतले बतायो। छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल पनि सहभागी थिए।  

अर्थमन्त्री शर्माले सेयरबजारमा सेयर धितो कर्जामा ४–१२ को  नीति राख्दा सेयरबजारमा गिरावट आएकाले सम्बोधन गर्न भनेका थिए।  त्यस्तै उनले बैंकरहरुले उठाएको सीडी रेसियोमा खुकुलो नीति लिन गरेको मागलाई ध्यान दिन आग्रह गरेका थिए। 

मन्त्रीले यस्तो आग्रह गरेपछि गभर्नर अधिकारीले अर्थमन्त्री शर्मालाई अहिलेको अर्थतन्त्रअनुसार कसिलो नीति नै उपयुक्त हुने देखिएको जवाफ दिएका थिए। 

योजना आयोगका उपाध्यक्ष पौडेलले बजेटरी कार्यक्रमलाई सहयोग पुग्ने मौद्रिक नीति आवश्यक रहेको बताएका थिए। पछिल्लो समय केन्द्रीय बैंकले चालू आवमा अख्तियार गरेको मौद्रिक नीतिलाई लिएर बैंकर तथा सेयर लगानीकर्ता गभर्नर अधिकारीप्रति असन्तुष्ट छन्।

निरन्तर सेयरबजार ओरालो झरिरहँदा अर्थमन्त्री शर्माले राष्ट्र बैंकका नीति संशोधन हुनुपर्नेमा निरन्तर जोड दिँदै आएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .