ad ad

कारोबार


‘सुस्त मनस्थिति भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनुपर्छ’

‘सुस्त मनस्थिति भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनुपर्छ’

फाइल तस्बिर


नेपालखबर
असार १६, २०७९ बिहिबार ६:३६, काठमाडौँ

सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा ‘सुस्त मनस्थितिका व्यक्तिलाई भत्ता उपलब्ध गराउने’ व्यवस्था थप्नुपर्ने माग गरिएको छ। प्रतिनिधिसभा, राज्य व्यवस्था समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल’ मा समितिका सदस्यले विधेयकमा आर्थिकरुपले विपन्नको न्यूनतम मापदण्ड स्पष्ट गरिनुपर्ने माग गरेका छन्। 

सांसद प्रेम सुवालले विधेयकको प्रस्तावनामै ‘नेपालको आर्थिक समानता, सामाजिक न्याय, व्यक्तित्व विकासमा समान अवसरको लागि विदेशमा सम्पत्ति राख्न नपाउने, सम्पत्तिको सीमा निर्धारण गरी सामाजिक सुरक्षा गर्नु वाञ्छनीय भएकाले’ भन्ने वाक्यांश राख्नुपर्नेमा जोड दिए।  सांसद विन्दा पाण्डेले विधेयकमा असहाय एकल महिलाको परिभाषा राख्नुपर्ने बताइन्।

सांसद डिला सङ्ग्रौलाले सामाजिक सुरक्षा भत्तालाई पालिकामार्फत घरघरमै पु¥याउने व्यवस्था गर्नुपर्ने धारणा गरिन्। सांसद नवराज सिल्वालले एकल महिलाभित्र पनि विपन्न एकल महिला र अपाङ्गताभित्र पनि विपन्नलाई प्राथमिकता दिनुपर्ने तर्क गरे। सांसद लालबाबु पण्डितले कुनै पनि व्यक्तिले दोहोरो सुविधा लिने गरी सामाजिक भत्ता वितरण गर्न नहुनेमा जोड दिए।

सांसद दिव्यमणि राजभण्डारीले एकल महिला, सुस्त मनस्थिति भएका र अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षासँगै बीमाको दायरामा ल्याउनुपर्ने बताए। 

सोही अवसरमा गृहमन्त्री बालकृष्ण खाणले सरोकारवालाको सल्लाह सुझावका आधारमा बेपत्ता, सुस्त मनस्थिति भएका व्यक्तिलगायत विषयलाई समावेश गरी जतिसक्दो चाँडो विधेयकलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरे। उनले एकीकृत सामाजिक सुरक्षा ऐन ल्याउने तयारी भइरहेको पनि जानकारी दिनए। रासस 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .