ad ad

कारोबार


रुस–युक्रेन युद्धको असरले मुलुकको अर्थतन्त्रमा चुनौती थप्यो : गभर्नर अधिकारी

रुस–युक्रेन युद्धको असरले मुलुकको अर्थतन्त्रमा चुनौती थप्यो : गभर्नर अधिकारी

नेपालखबर
असार १६, २०७९ बिहिबार १२:११, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको असरले मुलुकको अर्थतन्त्रमा चुनौती थपेको बताएका छन्। 

बुधबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको नवनिर्वाचित कार्यसमितिको शपथ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको विश्वभर परेको असरले नेपालसमेत प्रभावित भएर अर्थतन्त्रमा नयाँ चुनौती थपिएको बताएका हुन्। 

गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा शंकट देखापरेको भन्दै त्यसको प्रभावले पछिल्लो समय वस्तुको मूल्यवृद्धिमा चाप परेको बताए। 

उनले अहिले मूल्यवृद्धिको चाप विश्वले भोग्नुपरेको बताए। उनले मुलुकको अर्थतन्त्र सुधार गर्न सबैले मिलेर काम गर्नुपर्ने समय आएको पनि बताए। गभर्नर अधिकारीले चार्टड एकाउण्टेन्ट्सहरुले दिने भुमिका मौद्रिक नीतिमा महत्वपूर्ण हुने गरेको बताए।

गभर्नर अधिकारीले भने, ‘अहिले विश्व अर्थतन्त्र छुट्टै खालको चापमा रहेको छ । हामी सबैले फेस गरिरहेका छौं । कोभिड र कोभिड पछाडि रुस र युक्रेनको युद्ध त्यसपछि सटेजको अर्थतन्त्रको फलस्वरुपमा मूल्यवृद्धिको पे्रसर यतिबेला ग्लोवल रुपमा भएको छ । यसको चुनौती विश्वभरले भोग्नुपरिरहेको छ।’ 

नेपाल त्यसबाट अन्यथा हुन नसक्ने भएकाले यो चुनौती सामना गर्ने सिलसिलामा सबैको भूमिका जरुरी रहेको गभर्नर अधिकारीले बताए। 

उनले थपे, ‘राज्यले आश गर्दछ । चार्टर्ड एकाउन्टेन्सहरु मुलुकको महत्वपूर्ण जनशक्ति हो राज्यको लागि,मुलुकको अर्थतन्त्रको लागि यसमा खुसी हुनुपर्छ । सबैले प्रत्येक्ष तथा अप्रत्येक्ष रुपमा देशको लागि काम गरिरहेका छौं । चार्टर्ड एकाउण्टेन्ट्सहरुले दिने भुमिका मौद्रिक नीतिमा महत्वपूर्ण हुने गरेको छ।’

त्यस्तै कार्यक्रममा बोल्दै संघका नवनिर्वाचित अध्यक्ष दीपक पाण्डेले अर्थसम्बन्धी कुनै पनि समस्याको छलफल तथा समाधानको गर्ने चार्टड एकाउण्टेन्ट्स संघ तयार रहने बताए। उनले चार्टर्ड एकाउण्टेन्ट्सहरु विभिन्न संघसंस्थाहरुको प्रमुख भुमिकामा रहेर राष्ट्रको अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याउँदै आइरहेकाले जुनसुकै समस्याको विषयमा समधान गर्नसकिने बताए। 

अध्यक्ष पाण्डेले सरकारी तथा स्थानीय निकायमा समेत चार्टर्ड एकउण्टेण्ट्हरुको पहुँच अभिवृद्धि गर्न सकेमा पारदर्शिता, जवाफदेहिता र कार्यकुशलतामा थप टेवा पुग्ने बताए। 

संघको नयाँ कार्यसमितिमा सर्व सहमतबाट अध्यक्षमा दीपक पाण्डे, उपाध्यक्ष सुशील घिमिरे, महासचिवमा प्रदीप सिग्देल, कोषाध्यक्षमा वर्ष बराल चयन भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .