ad ad

कारोबार


कुमारी जबको ‘प्रोफेसनल एचआर ट्रेनिङ’ सम्पन्न

कुमारी जबको ‘प्रोफेसनल एचआर ट्रेनिङ’ सम्पन्न

नेपालखबर
असार १६, २०७९ बिहिबार १९:२६, काठमाडौँ

कुमारी जबद्वारा सञ्चालित प्रोफेसनल एचआर ट्रेनिङ सफलतापुर्वक सम्पन्न भएको छ। 

नेपालका विभिन्न प्रतिष्ठित संस्थाका अनुभवि र दक्ष व्यक्तित्वहरुद्वारा प्रशिक्षण प्रदान गरिएको ट्रेनिङको यो पहिलो ब्याच भएको कम्पनीले जनाएको छ। 

विभिन्न संघ–संस्थामा कार्यरत अनुभवी व्यक्तित्वदेखि मानव संसाधनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहने व्यक्तिहरुको सहभागिता रहेको यस प्रशिक्षण २४ दिनसम्म सञ्चालन भएको थियो।

शेर्पा हस्पिटालिटी ग्रुपका एचआर भाइस प्रेसिडेन्ट भुवनराज जोशी, लक्ष्मी ग्रुपका सहायक महाप्रबन्धक कृष्णबहादुर सिंह, डिस मिडिया नेटवर्कका एचआर एण्ड एडमिनिस्ट्रेशन हेड नेहा जोशी, माछापुच्छ्रे बैंक लिमिटेडका ऋचा पाण्डे र एशियन पेन्ट्सका सुधीर ढुंगेल लगायत अन्य प्रतिष्ठित संस्थानका अनुभवि व्यक्तित्वहरुद्वारा प्रशिक्षण प्रदान गरिएको थियो । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .