ad ad

कारोबार


आयात नियन्त्रण गर्ने मौद्रिक नीति आउने गभर्नरको संकेत

आयात नियन्त्रण गर्ने मौद्रिक नीति आउने गभर्नरको संकेत

नेपालखबर
असार २०, २०७९ सोमबार २०:५०, काठमाडौँ

आगामी आर्थिक वर्षको लागि मौद्रिक नीतिको तयारीमा नेपाल राष्ट्र बैंक छ।

साउन पहिलो हप्ता भित्र मौद्रिक नीति सार्वजनिक गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति निर्माण गरिरहेको छ। 

आज निजी क्षेत्रसँग आगामी मौद्रिक नीतिको बारेमा राष्ट्र बैंकले अन्तरक्रिया कार्यक्रम समेत राखेको थियो। जसमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वस्तु आयत नियन्त्रण गर्ने मौद्रिक नीति आउने संकेत गरेका छन्। 

कार्यक्रममा उनले बाह्य क्षेत्रमा निकै ठूलो दबाव बढिरहेको बताए। 

उनले भने ‘आयात निरन्तर बढेको अवस्था छ, निर्यातले नधानेको अवस्था छ। रेमिटेन्स बढेको भए पनि आयातले नधानेको अवस्था छ। यो कुरालाई बुझनुपर्छ।’

उनले  नेपालको अर्थतन्त्र पछिल्लो समय बचतमा कमजोर हुँदै गैरहेको र खर्च गर्ने परिपाटीहरु बढिरहेको भन्दै त्यसले आयातमुखी अर्थतन्त्रलाई बढावा दिँदै गैरहेको बताए। 

बैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले बैंकमा पैसा राख्न २५ लाखसम्म  स्रोत उल्लेख गर्नु नपर्ने व्यवस्था मौद्रिक नीतिले लिनुपर्ने बताए। 

धेरै मान्छेहरु अहिले पनि बैंकिङ प्रणालीमा नजोडिएको भन्दै स्रोत खोल्नु नपर्ने माग राखेका थिए।

अटोमोबाइल एसोसिएसनका अध्यक्ष धुब्र थापाले हायर पर्चेज कर्जा ५० प्रतिशत कायम हुँदा पनि ७ महिनादेखि ७० प्रतिशत व्यापार ठप्प रहेको बताए।

लोनको कडाइलगायतका समस्याहरु यसमा जोडिएको उनको भनाई छ।

डिलरहरुले लिएको ऋण तिर्न नसकेकोले मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने उनले बताए।

उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघका प्रतिनिधिहरुले समेत उद्योगीहरुले भोगिरहेको लतरलताको समस्याहरु हल हुनेगरी मौद्रिक नीति आउनुपर्ने बताएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .