बैंकहरुको निक्षेप ५० खर्ब २९ अर्ब पुगेको छ। असार १९ गते सम्मको तथ्याङ्कअनुसार वाणिज्य बैंकको निक्षेप ४४ खर्ब ४० अर्ब र अरु वित्तीय कम्पनीहरुको निक्षेप ५ खर्ब ८९ अर्ब पुगेको हो।
त्यस्तै कुल कर्जा प्रवाह भने ४७ खर्ब ६ अर्ब पुगेको छ। त्यसमा वाणिज्य बैंकको कर्जा प्रवाह ४१ खर्ब ७९ अर्ब र अन्य बैंक तथा वित्तीय कम्पनीको कर्जा ५ खर्ब ३० अर्ब रुपैयाँ पुगेको हो।
नेपाल राष्ट्र बैंकका अनुसार औसत बैंकको कर्जा निक्षेप अनुपात अर्थात् सीडी रेसियो ८८.६३ प्रतिशत पुगेको छ। अन्तरबैंक दर ७.०१ प्रतिशत कायम रहेको राष्ट्र बैंकले जनाएको छ।
60
Shares
प्रतिक्रिया