आईसीएफसी फाइनान्स लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड एससीटीबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ।
सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात आईसीएफसी फाइनान्स लिमिटेडका ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ एप (आईसीएफसी फाइनान्स स्मार्ट) प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यूआर मार्फत गर्न सक्ने जनाएको छ।
उक्त सम्झौतापत्रमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका छन्।
15
Shares
प्रतिक्रिया