ad ad

कारोबार


सुजुकीको नयाँ स्कुटर  ‘एभेनिस’ भदौ ६ गते नेपालमा लञ्च हुने

सुजुकीको नयाँ स्कुटर  ‘एभेनिस’ भदौ ६ गते नेपालमा लञ्च हुने

नेपालखबर
भदौ ३, २०७९ शुक्रबार २१:३३, काठमाडौँ

सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ भाद्र ६ गते सोमबार नेपाली बजारमा औपचारिक रुपमा लन्च हुने भएको छ। नेपालका लागि सुजुकी टु ह्विलरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले सुजुकी एभेनिस स्कुटर औपचारिक रुपमा लन्च गर्ने तयारी भइरहेको बताएको छ। 

प्रिमियम स्कुटर सेगमेन्टमा नयाँ पहिचान कायम गर्ने र नेपाली बजारमा सुजुकीको स्थानलाई अगाडि बढाउने अपेक्षा गरिएको यो स्कुटर धेरैका लागि प्रतीक्षा बनेको कम्पनीको दाबी छ। 

कम्पनीका अनुसार यो स्कुटरमा भएका अत्याधुनिक प्रविधि र सुरक्षा तथा अन्य विभिन्न फिचरका कारण धेरैलाई लोभ्याउने अनुमान गरिएको छ। 

सुजुकी एभेनिसमा एफआई टेक्नोलोजीसहितको शक्तिशाली १२५ सीसी इन्जिन जडान गरिएको छ। जसले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएमको टर्क जेनेरेट गर्छ। 
 

सुजुकी एभेनिसको १२५ स्कुटरको बुकिङ खुल्ला गरेको हो।

मूख्य फिचरको रुपमा चार्जिङ पोर्ट, डिजिटल कन्सोल, एलइडी हेडल्याम्प र टेलल्याम्प, एलइडी डिआरएल छन्।

यो स्कुटरको फ्रन्टमा ग्लोवबक्स, साइड स्ट्यान्ड इन्जिन कट फिचर पाउन सकिन्छ। स्कुटरको कुल वजन १०६ किलोग्राम छ। 

कम्पनीले सुजुकीको आधिकारीक शोरुममा सम्पर्क गरेर स्कुटर बुकिङ गर्न सकिने जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .