ad ad

कारोबार


काठमाडौंमा आइतबारदेखि दसैं जुत्ताचप्पल व्यापार प्रवर्द्धन मेला, ५० प्रतिशतसम्म छुट पाइने

काठमाडौंमा आइतबारदेखि दसैं जुत्ताचप्पल व्यापार प्रवर्द्धन मेला, ५० प्रतिशतसम्म छुट पाइने

फाइल तस्बिर


नेपालखबर
भदौ ४, २०७९ शनिबार ८:३०, काठमाडौँ

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न पाँचौं दसैं जुत्ताचप्पल व्यापार प्रवर्द्धन मेला आइतबारदेखि काठमाडौंमा हुने भएको छ।

स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा यही भदौ ५ गतेदेखि २० गतेसम्म पाँचौं व्यापार प्रवर्द्धन मेला काठमाडौंको भृकुटीमण्डपमा हुने भएको हो। 

मेलाका संयोजक सुरज बन्जाडेले आयात प्रतिस्थापन गरी जुत्ताचप्पल तथा छालाका वस्तु उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन मेला आयोजना गर्न लागिएको जानकारी दिए। 

मेलाले एकअर्का उद्यमीबीच स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तर तथा डिजाइनमा सुधार ल्याउने वातावरण निर्माण गर्ने उनको भनाइ छ।    

सो एसोसिएसनका अध्यक्ष नानीराज घिमिरेले कोरोना महामारीका कारण धराशायी बनेको नेपाली जुत्ताचप्पल उद्योगको विकासका लागि मेलाबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

मेलामा १० देखि ५० प्रतिशत छुटमा ३० भन्दा बढी ब्रान्डका एक हजार मोडलका जुत्ता पाउन सकिने बताइएको छ। मेला १५ दिनसम्म चल्ने छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .