ad ad

कारोबार


गुगलले झुक्किएर गलत मान्छेलाई साढे २ लाख डलर पठाएपछि...

गुगलले झुक्किएर गलत मान्छेलाई साढे २ लाख डलर पठाएपछि...

नेपालखबर
असोज ४, २०७९ मंगलबार १४:२९, काठमाडौँ

एक जनाले गुगलबाट झण्डै साढे दुई लाख अमेरिकी डलर पाएका छन् ।

कम्पनीका लागि केही नगरे पनि गुगलले झुक्किएर उनलाई उक्त रकम पठाएको हो ।

त्यत्रो पैसा प्राप्त गर्ने ती व्यक्ति भने क्रिप्टोकरेन्सी कम्पनी युगा ल्याब्सका इन्जिनियर साम करी रहेको सीएनएनले जनाएको छ । उनले आफ्नो प्रामाणिक ट्विटर एकाउन्टमा यसबारे बताएका छन् ।

‘यो त्यस्तै तीन हप्ताजति भयो होला, गुगलले मलाई दुई लाख ४९ हजार नौ सय ९९ अमेरिकी डलर पटक पटक गरी पठाएको’, उनले भनेका छन्, ‘अब कसरी गुगललाई यसबारे भन्ने ?’ उनले ठट्टा गर्दै यदि यो पैसा फिर्ता चाहिँदैन भने पनि ठीकै छ त भनेका छन् ।

तर गुगलले भने त्यो रकम फिर्ता लिने प्रयास गरिरहेको छ । गुगलले एक वक्तव्यमा झुक्किएर गलत मान्छेकहाँ पुगेको जनाउँदै त्यसलाई फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .