कारोबार


दुबईमा नेपाली युवाले जिते ३५ करोडको चिठ्ठा

दुबईमा नेपाली युवाले जिते ३५ करोडको चिठ्ठा

नेपालखबर
असोज ६, २०७९ बिहिबार ८:१९, काठमाडौँ

युनाइटेड अरब इमिरेट्स (यूएई)मा एक नेपाली युवाले करिब ३५ करोड नेपाली रुपैयाँ बराबरको चिठ्ठा जितेका छन्।

दुबईमा कार सफा गर्ने काम गर्दै आएका ३१ वर्षीय भरत विश्वकर्माले महजोज ज्याकपटको चिठ्ठा जितेका हुन्। आफ्ना दुई साथीहरुसँग मिलेर चिठ्ठाको टिकट खरिद गरेका भरतले उक्त पुरस्कार पनि साथीहरुसँग बाँडेर लिने बताएका छन्।

चिठ्ठा जितेसँगै भरतले आफूले जितेको रकम आफ्नो परिवारको लागि र ब्रेन ट्युमरको कारण प्यारालाइसिस भएका भाइको उपचारको लागि खर्च गर्ने बताएका छन्। उनका ३ र पाँच वर्षका दुई सन्तान छन्। 

मासिक १३ सय दिराम (करिब ४५ हजार नेपाली रुपैयाँ)मा काम गर्ने भरत यो चिठ्ठा जित्ने उनी सबैभन्दा कम कमाउने पहिलो व्यक्ति भएको द नेशनल न्युजले उल्लेख गरेको छ। तीन वर्षअघि दुबई आउनुभन्दा पहिला साउदी अरेबियामा एक पावर प्लान्टमा काम गर्थे। उनले आफूलाई चिठ्ठा परे पनि कार सफा गर्ने काम भने जारी राख्ने बताएका छन्। 

‘मैले महजूजको योजना सुरुभएदेखि नै यसमा भाग लिँदै आएको थिए। हामीसँग धेरै पैसा नहुने भएकाले साथीहरुसँग सुरुमा टिकट खरिद गरेका थियौं’, उनले भने, ‘अहिले म यसमा दुई साथीहरुसँगै प्रवेश गरेको थिएँ। मैले मेरो परिवारलाई चिठ्ठा जितेको भनेको छु तर कति रकमको चिठ्ठा भन्नेचाहिँ भनेको छैन।’ 

भरतले यसअघि पनि केही चिठ्ठामा भाग लिएको तर महजूज जति विश्वसनीय अन्य चिठ्ठा नलागेको पनि बताए। उनले यो चिठ्ठा जित्दा धेरै खुसी लागेको बताए। यद्यपि आफूलाई एक न एक दिन यो चिठ्ठा जित्छु भन्ने विश्वास भने रहेको उनको भनाइ छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .