ad ad

कारोबार


सुरु भयो ईभी एक्स्पो, अर्थमन्त्री शर्माले गरे उद्घाटन

सुरु भयो ईभी एक्स्पो, अर्थमन्त्री शर्माले गरे उद्घाटन

नेपालखबर
असोज ६, २०७९ बिहिबार १५:२२, काठमाडौँ

नेपालकै पहिलो नाडा ईभी एक्स्पो सुरु भएको छ। काठमाडौंको भृकुटीमण्डपमा ४ दिने नाडा ईभी एक्स्पो सुरु भएको हो। 

५१ वटा स्टल रहेको नाडा अटो शोमा ९ वटा ४ पांग्रे र १ वटा ३ पांग्रे रहेका छन्। १६ वटा २ पांग्रे सवारीका स्टल रहेका छन्। 

गाडी ब्रान्डमा टाटा, हुन्डाई, टेस्ला, नेटा, बीवाईडी, चांगन, ज्यागका चारपांग्रे विद्युतीय गाडीको सहभागिता रहेको छ।  अग्नी ग्रुपले ३ पांग्रे टेरो ब्रान्ड सहभागिता हुनेछ।

दुईपांग्रे ब्रान्ड रहेका छन्। जसमा लेभ्निङ, एनआईयू, याडिया, ओला, सुपर सोको, हिरो इलेक्ट्रिक, दुहान, जोय, सेगवे, आईमा, टेलजी, पियोर, लेक्ट्रो, रेमोटर्स लगायतका ब्रान्डको उपस्थिति छ। 

चापको व्यवस्थापनको लागि नाडाले खल्ती एपमार्फत टिकट काट्न सकिने व्यवस्था गरेको छ। एक्स्पोमा प्रवेशको लागि विद्यार्थीलाई १५० रुपैयाँ र सर्वसाधारणको लागि २ सय रूपैयाँ व्यवस्था गरेको छ। 

सिएटद्वारा प्रायोजित नाडा साधन, पार्टपुर्जा, वित्तीय सेवा उपलब्ध रहेका छन्। एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरिरहेको छ।

तस्बिर : विशाल कार्की/नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .