ad ad

कारोबार


नर्भिकका हेल्थ प्याकेजमा भारी छुट

नर्भिकका हेल्थ प्याकेजमा भारी छुट

नेपालखबर
असोज ७, २०७९ शुक्रबार ७:५४, काठमाडौँ

नर्भिक इन्टरनेशनल हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर हेल्थ प्याकेजमा भारी छुटको अफर सार्वजनिक गरेको छ । 

अस्पतालले आगामी असोज १३ गते अर्थात् सेप्टेम्बर २९ तारिखका दिन परेको वल्र्ड हर्ट डे(विश्व मुटु दिवस)को अवसर पारेर हेल्थ प्याकेजको शुल्क खरिदमा भारी पाउने गरी अफर सार्वजनिक गरेको हो । 

हेल्थ प्याकेजअन्तर्गत गरिने विभिन्न परीक्षणहरुका लागि तोकिएको शुल्कमा ३५ प्रतिशतसम्म छुट पाइने अस्पतालले जनाएको छ । यस्तो छुटसम्बन्धी व्यवस्था लागू भइसकेको र अबको एक महिनाभित्रमा हेल्थ प्याकेज खरिद गर्नेले पाउन सकिनेछ । 

विश्व मुटु दिवसको अवसर पारेर डिजाइन गरिएको प्याकेजअन्तर्गत सुगर फास्टिङ, आरएफटी, टोटल कोलेस्ट्रोल, इसीजी, यूरिन रुटिन, इको, ईएसआर, सीबीसीलगायतका जाँचहरु गरिनेछ । यसपटकको विश्व मुटु दिवस युज हर्ट फर एभ्री हर्टको थिममा विश्वभर मनाइँदै छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .