ad ad

कारोबार


४ अर्ब लगानीमा नेपालकै ठूलो टाइल्स उद्योग खुल्दै

रमेश कर्प र कजारिया सेरामिक्सले गरे सम्झौता
४ अर्ब लगानीमा नेपालकै ठूलो टाइल्स उद्योग खुल्दै

फाइल तस्बिर


नेपालखबर
कात्तिक २०, २०७९ आइतबार १७:५०, काठमाडौँ

विश्वको सातौँ ठूलो टाइल्स कम्पनी कजारिया सेरामिक्स लिमिटेड र नेपालको प्रसिद्ध व्यापारिक समूह रमेश कर्पबीच नेपालमा ठूलो टाइल्स  उत्पादन कम्पनी स्थापना गर्ने सम्बन्धमा सम्झौता भएको छ। 

उक्त सम्झौता अनुसार कम्पनीले  नेपालमा हालकै सवैभन्दा ठूलो टाइल्स उत्पादन कम्पनी स्थापना गर्नेछ। यसको वार्षिक उत्पादन क्षमता ८ लाख वर्गमिटर हुनेछ।

रमेश कर्पका कार्यकारी निर्देशक प्रतिक जलान र कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष÷प्रबन्ध निर्देशक अशोक कजारियाले सम्झौतापत्रमा हस्ताक्षर गरे।

कम्पनी स्थापनाका लागि नेपाली ४ अर्ब लगानी हुनेछ। यसअनुसार दुवै कम्पनीको लगानी ५०/५० प्रतिशत हुनेछ।

सिरामिक र भिट्रिफाइड टाईल्स उत्पादन गर्ने नवनिर्मित कारखानाकोे उत्पादन क्षमता ८ लाख वर्ग मिटर हुनेछ  र सन् २०२३ को अन्त्यसम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

नवनिर्मित कारखाना भविष्यमा आफू निर्यातका लागि तयार हुने र नेपाली बजारको मागलाई पूरा गर्ने परिकल्पनाका साथ स्थापना हुँदै छ। यसबाहेक, नेपालमा उपलब्ध प्रमुख कच्चा पदार्थहरू टाइल्स उत्पादनमा प्रयोग गरिनेछ।

नयाँ योजनाको बारेमा कजारिया सेरामिक्स लिमिटेडका संयुक्त प्रबन्ध निर्देशक अशोक कजारियाले नेपाल सधैँ महत्वपूर्ण बजार भएको बताए। 

उनले भने, ‘हामी यहाँ दुई दशकभन्दा बढी समयदेखि उपस्थित छौँ र यो कदमले नेपालको बजारमा हाम्रो उपस्थितिलाई अझ बलियो बनाउनेछ। यो परियोजना तत्काल शुरु गरी आउँदो २०२३ को अन्त्य सम्ममा सञ्चालनमा आउनेछ। हामी हाम्रा विश्वस्तरीय उत्पादनहरु नेपालमै प्रतिस्पर्धात्मक रुपमा उपलब्ध गराउन चाहन्छौँ।’

उनले सुविधासम्पन्न प्लान्ट एक प्रतिष्ठित नमूना उद्योग बन्ने दाबी गरे। यसमा अत्याधुनिक प्रविधिको प्रयोग, गुणस्तर, दक्षता र वातावरणीय मापदण्डहरु प्राथमिकताका साथ प्रयोजन गरिने उनको भनाइ छ। 

रमेश कर्पका कार्यकारी निर्देशक जलानले पनि यो एक ऐतिहासिक परियोजना भएकाले यसले देशमा रोजगारी सृजना गर्न महत्वपूर्ण टेवा पु¥याउने बताए। 

उनले भने, ‘यो उद्योगबाट उत्पादित विश्वस्तरीय टाईल्स  र अन्य उत्पादनहरु देशमै प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध हुनेछ।’

रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ताले थपे, ‘नेपाललाई औद्योगिकीकरण गर्ने नेपाल सरकारको लक्ष्यलाई साकार बनाउन रमेश कर्प प्रतिबद्ध रहनेछ। आयोजना शुरुवातसँगै देशको अर्थतन्त्र बढ्नुका साथै मुलुकमा ठूलो लगानीको वातावरण सृजना गर्नेछ र निकट भविष्यमा नेपालमा यस्तै अन्य ठूला लगानीहरु भित्रिनेछ भन्ने कुरामा विश्वस्त छौँ।’

कजारिया सेरामिक्स भारतमा सिरेमिक÷भिट्रिफाइड टाईल्स को सबैभन्दा ठूलो र विश्वको सातौं ठूलो उद्योग हो। यसको भारतमा ८ (आठ) उत्पादन कम्पनी छन् जुन उत्तर प्रदेशको सिकन्दराबाद, राजस्थानको गैलपुर र मालुटाना, आन्ध्र प्रदेशको विजयवाडा र श्रीकालहस्ती, तेलंगानाको बालानगर र गुजरातमा तीनवटा छन्। उत्पादनको वार्षिक क्षमता ८४ मिलियन वर्ग मिटर रहेको छ। 

३४ वर्ष पहिले स्थापना भएको कजारिया आफ्नो कडा परिश्रम, नवोत्पादन र ग्राहकहरुको साथले अघि बढेको छ। कजारियाले सिरेमिक वाल र फ्लोर टाइल्सहरूका ३००० भन्दा बढी डिजाइन र प्रकार उत्पादन गर्दै आइरहेको छ।  साथै भिट्रिफाइड टाईल्स , डिजाइनर टाईल्स  र अरु थुप्रै उत्पादनहरु बजारमा भित्राएको छ। 

यता ५० वर्षभन्दा अघि स्थापना भएको, रमेश कर्प बहुआयामिक एवं ठूला निजी उद्योग तथा व्यापारिक समूहमध्ये एक हो। स्थापना काल देखि नै रमेश कर्प आयात निर्यात, सञ्चार प्रविधि, वित्तीय सेवा, रियल स्टेट, जलविद्युत, खानी आदिमा प्रत्यक्ष संलग्न भई आइरहेको प्रसिद्व कम्पनी हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .