ad ad

कारोबार


नबिलको फोन लोन : एकै क्लिकमा साना व्यवसायीको ‘गर्जो’ टार्दै

नबिलको फोन लोन : एकै क्लिकमा साना व्यवसायीको ‘गर्जो’ टार्दै

दीपक भट्ट
मंसिर १४, २०७९ बुधबार १६:४२, काठमाडौँ

तीन महिनाअघि पोखरा लेकसाइडकी पार्वती पौडेललाई तत्कालै १ लाख रुपैयाँ चाहियो। सानो रकम कोसँग माग्ने भन्ने दोधारमा परिन्। पर्यटन व्यवसायमा संलग्न उनको परिवारलाई ट्रेकिङ इक्विपमेन्ट खरिद गर्न पैसा चाहिएको थियो। 

पर्यटनको सिजन भएकाले व्यवसाय सञ्चालनका लागि खरिद नगरी नहुने थियो। उनको परिवारभित्र पैसा कहाँबाट खोज्ने भन्ने छलफल भयो। 

उनका श्रीमान नारायण सुवेदीले नबिल बैंकले फोनबाटै ऋण दिने व्यवस्था ल्याएको समाचार सुनेका रहेछन्। नारायणले ‘एक पटक कोशिस गरौँ न आफ्नो खाता पनि त्यहीँ छ’ भन्दै परिवारमा प्रस्ताव राखे। 

‘त्यही दिन नबिल बैंकमा फोन गरेर बुझ्यौँ। नबिल बैंकले मिल्ने व्यवस्था रहेको जानकारी दिएपछि लोन लिने निर्णय समेत ग¥यौँ’, पार्वतीले नेपालखबरसँग भनिन्, ‘ब्याजदर पनि उच्च थिएन। त्यही दिन प्रक्रिया सुरु गरियो। प्राविधिक पक्ष बुझ्न समय लागेकोले भोलिपल्ट हामीले खातामा पैसा पायौँ।’

पार्वती पौडेल

यति सहजै पैसा पाउँदा उनी खुसीले गदगद भइन्। हुन पनि चाहेको समयमा फोनबाटै पैसा साथीभाइ नातागोताबाट त पाउन गाह्रो हुन्छ। यस्तो अवस्थामा बैंकबाट विना कागजात तत्कालैै पैसा पाउनु उनका लागि चानचुने कुरा थिएन। 

आफूले चलाउने नबिल बैंकको एपमा पैसा देखिएपछि बिझेको काँडा निकालेजस्तो आनन्द भएको उनले बताइन्। 

आफ्नो तत्कालको समस्या टरेको बताउँदै उनले थपिन्, ‘गर्जो टारेकोमा नबिल बैंकलाई धन्यवाद!’ 
***
उनीजस्तै नबिलको फोन लोन लिने अर्का व्यक्ति हुन्, दीपककुमार श्रेष्ठ। उनी काठमाडौं न्यूरोडमा व्यवसाय गर्छन्। गत असोजमा उनलाई पनि व्यवसाय बढाउन मन लाग्यो। दशैँको समय। सामान थप्न पैसा चाहिन्थ्यो। कहाँ खोज्ने? 

नबिल बैंकले फोन लोन दिने गरेको कुरा उनले पनि सुनेका थिए। तर त्यो सम्भव छ होलाजस्तो उनलाई लागेको थिएन। तै पनि एक पटक प्रयास त गरौँ न भन्ने उनलाई लाग्यो। 

उनले फोन गरेकै भरमा नबिलबाट पैसा पाए। उनको समस्या सहजै समाधान भयो। सोही कारण नबिल बैंकलाई आफ्नो साथीभाइजस्तै ठान्न थालेका छन् उनी। 

सहजै ऋण पाउने भएपछि फेरि उनी नबिलबाट फोन लोन लिने तयारीमा छन्। 

दीपककुमार श्रेष्ठ

उनले भने, ‘फोनबाट त्यो पनि तत्कालै पैसा पाउनु एकदम राम्रो कुरा हो। त्यसले व्यावसायिक क्षेत्रमा ठूलो राहत दिएको छ।’

नबिल बैंकले ल्याएको यस व्यवस्था आफैँमा राम्रो भए पनि केही विषयहरु अझै फराकिलो बनाउनुपर्ने बताउँछन् लोन लिनेहरु। 

श्रेष्ठले थपे, ‘१ महिनाभित्र लोन सल्ट्याउनुपर्ने व्यवस्था छ, यसलाई अलि लामो समय गर्नुपर्छ। व्यवसायीले तिर्ने भनेको लगानीबाट रिटर्न भएपछि हो। त्यो एकै महिनामा सम्भव छैन। त्यसको समयावधि बढाउनुपर्ने देखिन्छ।’

२ वर्षदेखि फोनबाटै ऋण दिँदै छ नबिल बैंक
सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमध्ये स्थापित नाम हो नबिल बैंक लिमिटेड। नेपालको बैंकिङ क्षेत्रमा नयाँपन दिने बैंकको रुपमा यो बैंक अघि बढिरहेको छ। 

छरितो सेवा प्रवाह र गुणस्तरीय सेवामा अग्रस्थानमा रहेको नबिलले सूचकमा मात्रै नभई सेवा प्रवाहमा समेत उच्च कोटिको बैंकको रुपमा आफ्नो परिचय बनाएको छ। 

त्यसैको एउटा उदाहरण फोन लोन हो। साना व्यवसायीले रुचाएको फोन लोनको व्यवस्था नबिल बैंकले सुरु गरेको दुई वर्षभन्दा बढी भइसक्यो। 

‘फोन लोन’मा नबिलमा आफ्नो खाता रहेका सेवाग्राहीले फोनकै भरमा ऋण सुविधा पाउँछन्।  

फोन लोनमा सुविधा बढाउँदै नबिल 
२०७७ असोजबाट नबिल बैंकले फोन लोन सेवा सुरु गरेको थियो। 

त्यस समयमा १ लाखबाट सुरु गरिएको सेवाभित्र अहिले केही फिचरहरु थप गरिएका छन्। नबिल बैंकले नबिल फोन लोनको न्यूनतम सीमा र आफ्नो डिजिटल फाइनान्सिङ प्रडक्टको दायरा पनि बढाइसकेको छ।  

यसअघि नबिल फोनलोनको सीमा १ लाख रहेकोमा अहिले त्यसलाई बढाएर २ लाख पुर्याइएको बैंकले जनाएको छ। 
त्यसो त नबिल बैंक फोनलोनको अवधारणा कार्यान्वयनमा ल्याउने देशकै पहिलो बैंक हो। 

कसले पाउन सक्छन् फोनबाट ऋण?
अब नबिल बैंकमा नियमित बचत खाता सञ्चालन गर्ने ग्राहक तथा नबिल बैंकसँग आबद्ध क्यूआर मर्चेन्टहरु पनि फोनलोनका लागि योग्य हुने बैंकले जनाएको छ।

यसअघि नबिल बैंकमा तलब खाता भएकाहरुले मात्र यस्तो सुविधा पाइरहेका थिए।

नबिल बैंकले फोनलोनका अफरहरुलाई पनि अपग्रेड गरिसकेको जनाएको छ। अब यस्तो लोनका लागि योग्य ग्राहकहरुले नबिल स्मार्ट बैंक एपको स्क्रिनमा फोनलोनको आइकन देख्न पाउनेछन्। 

‘बाइ नाउ पे लेटर’ र ईएमआईको सुविधा
बैंकले ग्राहकहरुको सुविधाका लागि ‘बाइ नाउ पे लेटर’को सुविधा तथा लोनबापत लिएको रकम चुक्ता गर्न ईएमआईको सुविधा समेत उपलब्ध हुने जनाएको छ। 

बैंकले ग्राहकहरूलाई सामान खरिदमा कुनै पनि फोन पे मर्चेन्ट क्यूआर कोडहरू स्क्यान गर्नसक्ने सुविधा समेत दिएको छ। 

त्यसका साथै आफ्नो खरिदको मासिक किस्तामा भुक्तानी गर्न चेकआउटको बेला ‘बाइ नाउ पे लेटर’को विकल्प रोज्नसक्ने सुविधा पनि दिएको छ। 

चाँडै ऋण चुक्ता गर्न प्रिपेको विकल्प थपिँदै
आफ्ना फोनलोन बक्यौता चाँडै तिर्न खोज्ने ग्राहकहरूले आफ्नो फोनलोन सिधै आफ्नो एपबाट प्रिपे गर्ने विकल्प पनि उपलब्ध हुने बैंकले जनाएको छ। 

यसअन्तर्गत नबिल बैंकले कुनै पूर्वभुक्तानी शुल्क नलिई ग्राहकहरूको खातामा पर्याप्त रकम भएमा ऋणको तत्काल निकासी गर्न अनुमति दिनसक्ने बैंकले जनाएको छ। 

यसरी समग्रमा फोनलोनलाई प्रवर्द्धन गर्ने र त्यसमा सहजीकरण गर्ने प्रतिबद्धता बैंकले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .