ad ad

कारोबार


४ वर्षमा आधाले घट्यो हुलास वायरको आम्दानी, गत वर्ष ३ अर्ब ८२ करोड कमायो

४ वर्षमा आधाले घट्यो हुलास वायरको आम्दानी, गत वर्ष ३ अर्ब ८२ करोड कमायो

नेपालखबर
मंसिर १४, २०७९ बुधबार १७:३९, काठमाडौँ

गोल्छा परिवारको लगानी रहेको हुलास वायरको आम्दानी ४ वर्षमा आधाले घटेको छ। हुलास वायर इन्डस्ट्रिज लिमिटेडको आम्दानी ७ अर्ब ९० करोडबाट ३ अर्ब ८२ करोडमा झरेको छ। 

सन् १९७९ मा स्थापना भएको कम्पनीले आर्थिक वर्ष २०७५/०७६ मा ७ अर्ब ९० करोडको वायर तथा स्टिल बिक्री गरेको कम्पनीले २०७८/०७९ मा ३ अर्ब ८२ करोड रुपैयाँ मात्रै बिक्री गरेको हो। 

हुवालले जीआई वायर, टीएमटी बार, ब्रास सिट लगायतका वस्तु उत्पादन तथा बिक्री गर्दै आएको छ। कम्पनीको वार्षिक क्षमता ५५ हजार मेट्रिक टन जीआई वायर, ६० हजार मेट्रिक टन टीएमटी बार र ३६ हजार मेट्रिक टन ट्युब मिल क्षमता रहेको छ। 

कोभिडको समयमा आर्थिक वर्ष २०७६/०७७ मा ५ अर्ब ७ करोडबाट घट्न थालेको २०७७/०७८ मा ४ अर्ब ८६ करोड सामग्री बिक्री गरेको थियो। 

हुलाय वायरमा ईशान गोल्छाको २९ प्रतिशत, राज्यलक्ष्मी गोल्छाको १७ प्रतिशत सेयर रहेको छ। बाँकी ५४ प्रतिशत २२ जनाको नाममा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .