ad ad

कारोबार


२ अर्ब १० करोड लागतमा फेवा तालनजिकै बन्दै छ विलासी होटल

२ अर्ब १० करोड लागतमा फेवा तालनजिकै बन्दै छ विलासी होटल

फाइल तस्बिर


नेपालखबर
मंसिर १५, २०७९ बिहिबार १६:३२, काठमाडौँ

पर्यटकीय सहर पोखरामा १५० कोठाको लक्जरी होटल निर्माण हुने भएको छ। 

बाराही सेदी प्रालिले फेवा तालनजिकै तारे होटल निर्माण गर्न लागेको हो। 

२ अर्ब १० करोड रुपैयाँ लागतमा होटल निर्माण हुँदै छ। ५२ रोपनी क्षेत्रफलमा निर्माण हुने लक्जरी होटलका ५ वटा ब्लक रहनेछन्। 

१५० कोठायुक्त होटलमा १०२ वटा डिलक्स कोठा, २३ क्विन र किङ बेड, १० क्लब कोठा र १५ वटा सुइट कोठा हुनेछन्। 

आरसीसी फ्रेप र लोड वियरिङ संरचना निर्माण हुने होटलमा २ हजार वर्गफुटको स्विमिङ पुल बन्नेछ। 

होटलमा २५० वटा बेड रहनेछन्। भुइँतल्लामा रिसेप्सन, फिटनेस सेन्टर रहनेछन् भने पहिलो तल्लामा सम्मेलन हल, बैठक हल, सामान्य कोठा, दोस्रो तल्लामा स्ट्यान्डर्ड र डिलक्स कोठा, तेस्रो तल्लामा स्ट्यान्डर्ड र डिलक्स कोठा र चौथो तल्लामा रेष्टुरेन्ट र बार रहनेछन्। 

होटलमा १२० वटा दुईपांग्रे र १०० वटा चारपांग्रे सवारी अट्ने पार्किङ क्षेत्रको व्यवस्था हुनेछ। होटलको रेष्टुरेन्ट र बारको क्षमता २०० व्यक्ति रहेको छ भने ब्याङ्क्वेटमा ५०० सम्म अट्ने क्षमता हुनेछ। 

लेकसाइड बैदाम हुँदै पुगिने प्रस्तावित होटल समुद्री सतहबाट ८२६ मिटर उचाइमा निर्माण हुँदै छ। फेवातालको किनारबाट करिब ३०० मिटर दूरीमा होटल निर्माण हुनेछ।

वातावरण संरक्षण ऐन २०७६ अनुसार १०० बेडभन्दा बढीको होटल तथा रिसोर्ट निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्दछ। जसअनुसार प्रस्तावित सेदी लक्जरी होटलमा २५० बेड भएकाले वातावरणीय प्रभाव मूल्याङ्कन गरिएको हो। वातावरणीय प्रभाव मूल्यांकनमा ३० लाख ५० हजार रुपैयाँ छुट्याइएको छ। 

वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टअनुसार ४५० मिटरको दूरीमा जंगल पर्दछ। होटल निर्माण ३ वर्षमा सक्ने लक्ष्य राखिएको छ। निर्माण अवधिभर २१४ जनाले व्यक्तिहरुले रोजगारी पाउनेछन्। सञ्चालन अवधिमा भने ५५ जनालाई होटलले रोजगारी दिने भएको छ। 

होटलले दूषित फोहोर पानी व्यवस्थापनका लागि पानी प्रशोधन गरी ढलमार्फत खोलामा फाल्ने व्यवस्था मिलाउने उल्लेख छ। 

होटललाई प्रतिदिन १ लाख लिटर पानी, ५०० केभीए विद्युत् आवश्यक पर्ने पूर्वानुमान गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .