ad ad

कारोबार


कार्यक्रम गर्न सहसचिवले बैंकका सीईओसँग व्यक्तिगत खातामा मागे आर्थिक सहयोग

कार्यक्रम गर्न सहसचिवले बैंकका सीईओसँग व्यक्तिगत खातामा मागे आर्थिक सहयोग

नेपालखबर
मंसिर २१, २०७९ बुधबार १५:२७, काठमाडौँ

संघीय संसद् सचिवालयका एक जना सहसचिवले संसद् सेवा दिवसको उपलक्ष्यमा सञ्चालन हुने कार्यक्रमका लागि भन्दै एक वाणिज्य बैंकका सीईओसँग व्यक्तिगत खातामा पैसा मागेका छन्। 

नेपालखबरलाई प्राप्त प्रमाणअनुसार सचिवालयको लेटरहेडमा उनले खुलेआम व्यक्तिगत खातामा आर्थिक सहयोग मागेका हुन्। 

यही मंसिर १५ गते हात्तिसार काठमाडौंमा प्रधानकार्यालय रहेको सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृतसँग सहसचिव इन्द्रविलास पौडेलले आफूले रोजेको व्यक्तिको नाम, खाता नं. समेत उल्लेख गरी पैसा हालिदिन भनेका हुन्। 

सरकारी निकायले व्यक्तिगत खातामा आफूखुसी यसरी पैसा असुल्न नपाउने भए पनि त्यसको बर्खिलाप हुने गरी सहसचिव पौडेलले संसद सेवा दिवसको उपलक्ष्यमा हुने सप्ताहव्यापी कार्यक्रमअन्तर्गत २६ गते हुने हाजिरी जवाफ प्रतियोगिता गर्न आर्थिक सहयोग मागेका छन्। 

बैंकलाई पठाएको पत्रमा भनिएको छ, ‘नोट : हाल नेपाल सरकारको नियमअनुसार संघीय संसद सचिवालयको नाममा छुट्टै बैंक खाता नरहेकाले उक्त रकम यस हाजिरी जवाफ प्रतियोगिता उपसमितिका सदस्य श्री करन बहादुर भाटको नाममा रहेको तपसिलको खातामा जम्मा गरिदिनुहुन।’ 

पत्रमा सम्पर्क व्यक्ति भनेर निरज पन्थीको मोबाइलन नम्बर समेत उल्लेख गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .