कारोबार


विमान निर्माता कम्पनी बोइङका प्रमुख कार्यकारी अधिकृत बर्खास्त

विमान निर्माता कम्पनी बोइङका प्रमुख कार्यकारी अधिकृत बर्खास्त

नेपालखबर
पुस ८, २०७६ मंगलबार ३:३९,

अमेरिकाको अग्रणी विमान निर्माता कम्पनी बोइङका प्रमुख कार्यकारी अधिकृत बर्खास्त भएका छन्।

कम्पनीप्रति जनविश्वास पुनःस्थापना गर्न भन्दै बोइङ कम्पनीले डेनिस मालनबर्गलाई पदबाट हटाएको हो।

इन्डोनेसिया र इथियोपियामा बोइङ कम्पनीको ७३७ म्याक्स मोडलका दुईवटा विमान दुर्घटना हुँदा ३४६ जनाको मृत्यु भएको थियो। त्यसपछि उक्त मोडलका विमानको उडान संसारभर रोकिएको थियो।

 106324319 mediaitem106324318

बीबीसीका अनुसार त्यसयता दबाब झेलिरहेका प्रमुख कार्यकारी अधिकृत मालनबर्गलाई बोइङले पदबाट बर्खास्त गरेको हो।

उनको ठाउँमा बोइङले कम्पनीका अध्यक्ष डेबिड काल्हुनलाई नियुक्ति गरेको छ। उनले जनवरी १३ तारिखदेखि नयाँ जिम्मेवारी सम्हाल्ने बीबीसीले जनाएको छ।

मालनबर्गले पहिलो पटक सन् १९८५ मा बोइङ कम्पनीमा जागिर पाएका थिए। सन् २०१५ मा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नुअघि उनले बोइङको प्रतिरक्षा, अन्तरिक्ष तथा सुरक्षा विभागको नेतृत्व गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad