ad ad

कारोबार


मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्स लिमिटेडबीच व्यवसायिक सहकार्य

मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्स लिमिटेडबीच व्यवसायिक सहकार्य

नेपालखबर
पुस ६, २०७९ बुधबार २१:५, काठमाडौँ

पर्यटन क्षेत्रकै प्रथम पब्लिक ट्राभल कम्पनीको रुपमा स्थापित गुरु ट्राभल्स लिमिटेड तथा नेपालकै एक प्रतिष्ठित वित्तीय संस्था मुक्तिनाथ विकास बैंकबीच व्यवसायिक सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

मुक्तिनाथ विकास बैंक, प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलको उपस्थितिमा बैंकका तर्फबाट संस्थाका सह नायब प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरूङ तथा गुरु ट्राभल्स लिमिटेडका प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले सो समझदारीपत्रमा हस्ताक्षर गरे। कार्यक्रममा दुइटै संस्थाका वरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो।

सहमतिबमोजिम गुरु ट्राभल्स लिमिटेडले बैंक तथा यसका कर्मचारीहरूलाई अधिकारिक ट्राभल्स पार्टनरको रूपमा ट्राभल्स सेवामा विशिष्टीकृत सेवाका साथ विभिन्न छुट तथा सुविधाहरु उपलब्ध गराउने छ। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले एकआपसमा जोडिन पाउँदा हर्षित भएको एवम् भविष्यमा एक अर्कासँग सहकार्य कायम रहने विश्वास रहेको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .