ad ad

कारोबार


विष्णु पौडेल बने उपप्रधान तथा अर्थमन्त्री

विष्णु पौडेल बने उपप्रधान तथा अर्थमन्त्री

फाइल तस्बिर


नेपालखबर
पुस ११, २०७९ सोमबार १६:२९, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष तथा संघीय प्रतिनिधिसभाका सांसद विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बनेका छन्। 

राष्ट्रपति निवास शीतलनिवासमा सोमबार पौडेलले राष्ट्रपति विद्या भण्डारीसमक्ष उपप्रधान तथा अर्थमन्त्रीको शपथग्रहण गरेका हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको शपथ लिएपछि उपप्रधानमन्त्रीहरुको शपथग्रहण भएको हो।

उनीसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि उपप्रधानमन्त्रीको शपथ लिएका हुन्।

लामिछानेले उपप्रधानसहित गृह र श्रेष्ठले भौतिक पूर्वाधारमन्त्रीको शपथ लिएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .