भारतमा भएको अटो एक्स्पोमा अधिकांश कम्पनीले विद्युतीय गाडी प्रदर्शनीलाई प्राथमिकता दिएका छन्।
ग्रेटर नोयडा एक्स्पोमा सहभागी कम्पनीहरुले विद्युतीय नयाँ मोडलहरु प्रदर्शनीमा राखेका हुन्।
जनवरी ११ देखि सुरु भएको एक्स्पो १८ तारिखसम्म चल्नेछ। एक्स्पोमा पुग्नेका लागि सबै कम्पनीका विद्युतीय गाडी छन्।
पेट्रोल र डिजेल इन्जिन गाडी उत्पादन गर्ने कम्पनीले पनि विद्युतीय गाडीलाई नै प्राथमिकता दिएका छन्।
टाटा मोटर्सले २०२५ सम्म कम्तीमा थप ३ वटा विद्युतीय गाडी ल्याउने जनाएको छ। हुन्डाई, सुजुकी, एमजी, बीवाईडीलगायतका ब्रान्डले विद्युतीय गाडी सार्वजनिक गरेका छन्।
ठूला गाडी उत्पादक कम्पनीले विद्युतीय गाडीको उत्पादनलाई प्राथमिकता दिँदै कन्सेप्ट कारहरु पनि प्रदर्शनीमा राखेका छन्।
ग्रेटर नोयडा एक्स्पोमा सबैभन्दा बढी विद्युतीय गाडी टाटा मोटर्सले सार्वजनिक गरेको छ।
टाटाले प्यासेन्जर भेहिकलमा नयाँ प्रोडक्ट विद्युतीय गाडीतर्फ लगेको छ। टाटाले कन्सेप्ट कारको अभिन्या प्रदर्शनीमा राखेको छ।
टाटाले अहिले बजारमा ल्याइरहेका पेट्रोल र डिजेलबाट चल्ने कारकै प्लेटफर्ममा निर्माण गरे पनि अभिन्या ईभी प्याटफर्ममा बनेको हो। काटामरान डिजाइनमा बनेको कार स्टाइलिस र प्रिमियम हुनेछ। २०२५ सम्ममा गाडी उत्पादनमा जाने बताइएको छ।
टाटाले सियारा ईभीको कन्सेप्ट पनि प्रदर्शनीमा राखेको छ। यो पनि २०२५ सम्म उत्पादनमा जान सक्ने कम्पनीले बताएको छ। टाटा सियरा ईभी उत्पादन गर्न सक्ने अवस्थाको रुपमा देखाइएको छ।
टाटा मोटर्सले ह्यारियर ईभी कन्सेप्ट कार एक्स्पोमा सार्वजनिक गरेको छ। ह्यारियर ईभीको उत्पादन २०२४ सम्म गर्ने अनुमान गरिएको छ। ह्यारियर ईभी ६० किलोवाट आवरको छ भने ४०० देखि ५०० किलोमिटरसम्म गुड्ने अनुमान गरिएको छ।
टाटाले कमर्सियल भेहिकल सेगमेन्टमा टाटा मोटर्सको म्याजिक ईभी, द प्राइम ई२८, अल्ट्रा ई ९को समेत सार्वजनिक गरेको छ।
हुन्डाई इन्डियाले आयोनिक ५ र ६ सार्वजनिक गरेको छ। आयोनिक ६ मा ७७.४ किलोवाट आवरको ब्याट्री क्षमता छ। उक्त गाडीले १६८ किलोवाट पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ।
ट्रान्समिसन सिंगल स्पिड गियर रिडक्सन गियर छ। गाडीको डाइमेन्सन चौडाइ १८८० एमएम, लम्बाइ ४८५५ एमएम र उचाइ १४९५ एमएम रहेको छ।
बलिउड सुपरस्टार शाहरुख खानले हुन्डाईको आयोनिक ५ लञ्च गरेका थिए। नेपालमा आयोनिक ५ सार्वजनिक भई सडकमा गुडिरहेको छ।
एक्स्पोमा सुजुकी मोटर कर्पोरेसनको विद्युतीय कन्सेप्ट कार सार्वजनिक गरिएको छ। सुजुकीको विद्युतीय एसयुभी ईभीएक्स सार्वजनिक गरेको हो। सुजुकीले कन्सेप्ट कार सार्वजनिक गर्दै २०२५ सम्ममा बजारमा आईसक्ने जनाएको छ।
सुजुकी मिड साइज इलेक्ट्रिक एसयुभी कन्सेप्टको डिजाइन जापानमा भएको हो। उक्त गाडीमा ६० किलोवाटआवरको ब्याट्री रहने र ५५० किलोमिटरसम्म कुद्ने छ।
कन्सेप्ट कार सार्वजनिक गर्दै सुजुकी मोटर कर्पोरेसनका अध्यक्ष तोसिहिरो सुजुकी ले २०२५ सम्म गाडी बजारमा आइपुग्ने बताए। उनले जलवायु परिवर्तनको असरलाई कम गर्न सहयोग पुग्ने बताए।
सुजुकीले भारतमा विद्युतीय गाडी र ब्याट्री उत्पादन गर्न १ खर्ब भारतीय रुपैयाँ लगानी गर्ने घोषणा गरिसकेको छ।
विद्युतीय गाडी उत्पादक बीवाईडीको आकर्षक लुक्ससहितको बीवाईडी सिल सार्वजनिक गरेको छ। प्रिमियम विद्युतीय गाडीको रुपमा सार्वजनिक भएको सिलले अन्तर्राष्ट्रिय बजारमा टेस्ला मोडल ३ सँग प्रतिस्पर्धा गरिरहेको छ।
बीवाईडी सिलको डाइमेन्सनल ४८०० एमएम लम्बाइ, १८७५ एमएम चौडाइ १४६० एमएम उचाइ रहेको छ।
ब्लेड ब्याट्रीमा उपलब्ध रहेको गाडी ६१.४ किलोवाट र ८२.५ किलोवाट आवरको ३ वटा अप्सनमा रहेको छ। एक पटकको चार्जमा ७०० किलोमिटरसम्म गुड्ने कम्पनीले उल्लेख गरेको छ।
भारतको शोरुममा ६५ देखि ७० लाख पर्ने अनुमान गरिएको छ। त्यसैगरी बीवाईडीले स्पेसल इडिसिन अटो ३ पनि सार्वजनिक गरेको छ।
कियाले अटो एक्स्पो २०२३ मा ईभी ९ कन्सेप्ट एसयूभी सोकेस गरेको छ। २०२३ को अन्त्यबाट उत्पादनमा जाने विश्वास गरिएको छ। स्पोर्टी लुक्समा रहेको गाडी ४९२९ एमएम लम्बाइ, २०५५ एमएम चौडाइ र १७९० एमएम उचाइ हुनेछ। गाडीको ह्विल बेस ३१०० एमएम रहेको छ।
कन्सेप्ट कारमा ७७.६ किलोवाट आवरको ब्याट्री प्याक रहनेछ। ३५० किलोवाटको फास्ट डिसी चार्जरबाट ८० प्रतिशतसम्म २० मिनेटमै चार्ज हुनसक्छ।
किया मोटर्सको ईभी ६ प्रदर्शनीमा राखिएको छ। इलेक्ट्रिक क्रस ओभर हो। भारतमा यसअघि नै लञ्च भइसकेको छ। ७७.४ किलोवाट आवर ब्याट्री प्याक रहेको छ।
एमजी मोटर्सले नयाँ उत्पादनमा विद्युतीय गाडीसँगै हाइब्रिड उत्पादनलाई प्राथमिकता दिएको छ। टोयोटाले समेत नयाँ विद्युतीय गाडी प्रदर्शनीमा राखेको छ। टोयोटाले सेडान सेगमेन्टमा मिराई विद्युतीय कार सार्वजनिक गरेको हो।
एक्स्पोमा २ सिटर इभा सार्वजनिक भएको छ। विद्युतीय मोटर्स रहेको गाडीमा १४ किलोवाट आवरको ब्याट्री छ।
घरमा चार्ज हुन ४ घण्टा र डिसी फास्ट चार्जिङको लागि ४२ मिनेट लाग्छ। अधिकतम पावर १२ किलोवाट र ४० एनएमसम्मको टर्क जेनेरेट गर्न सक्छ।
Shares
प्रतिक्रिया