कारोबार


उपाध्यक्ष केसी भन्छन्– ऊर्जा व्यापारमा भारतले छिमेकी देशलाई हेरेर उदार नीति ल्याउनुपर्छ

उपाध्यक्ष केसी भन्छन्– ऊर्जा व्यापारमा भारतले छिमेकी देशलाई हेरेर उदार नीति ल्याउनुपर्छ

सुनिल केसी


नेपालखबर
माघ ४, २०७९ बुधबार १७:३६, काठमाडौँ

नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसीले भारतले क्षेत्रीय छिमेकी साझेदारहरुलाई बहुपक्षीय वा क्षेत्रीय व्यावसायिक एकताका लागि पहल गर्नुपर्ने बताएका छन्। 

भारतमा इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिस (आईडीएसए)ले आयोजना गरेको एक कार्यक्रममा उपाध्यक्ष केसीले भारतले आफ्नो सन् २०१८ र २०२१ मा बनेको विद्यमान जल–ऊर्जा निर्यात÷आयात कार्यविधिमा परिवर्तन गरी नेपाल, बंगलादेश, भुटानजस्ता छिमेकी देशहरुलाई सकारात्मक सन्देश दिनुपर्ने बताएका हुन्। 

दक्षिण एसियामा द्विपक्षीय रुपमा ऊर्जा व्यापार हुनथालेको बताउँदै उनले नेपालले बचतमा रहने बिजुली बंगलादेश, म्यान्मार, श्रीलंकाजस्ता नयाँ बजारमा बिक्री गर्न सहयोग खोजिरहेको बताए। 

उनले बंगलादेशलाई आफ्ना उद्योग सञ्चालनको लागि पनि धेरै ऊर्जा आवश्यक रहेको बताए। भारत र बंगलादेश दुवैले दिगो रुपमा नवीकरणीय ऊर्जाको हिस्सा आगामी दिनमा बढाउन चाहेको र भारतले त सन् २०३० सम्म यस्तो ऊर्जा ५०० गिगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य रहेको उनको भनाइ थियो। 

त्यस्तै बंगलादेशले पनि नवीकरणीय ऊर्जाको हिस्सा बढाउन सन् २०५० सम्म ४० प्रतिशतजति देशको ऊर्जामा मिश्रण गर्न चाहेको बताए। 

यस्तो अवस्थामा नेपालले दुवै देशलाई उनीहरुको सपना पूरा गर्न सघाउन सक्ने उनको भनाइ थियो। बंगलादेशले नेपालको जलविद्युतलाई योजना पूरा गर्ने माध्यमका रुपमा पहिचान गरिसकेको उनको भनाइ थियो। 

यस्तोमा भारतले समेत ऊर्जा व्यापारबाट विदेशी मुद्रा आर्जन गर्नसक्ने उनको भनाइ छ। यदि यो सफल भए भारतका लागि मुख्य कूटनैतिक विजय हुने बताउँदै उनले यसमा जोड दिन आग्रह गरे। 

युरोपेली संघ, आसियानजसरी दक्षिण एसियाली क्षेत्रीय संगठनहरु सार्क, बीबीआईएन,  बिम्स्टेकले प्रगति गर्न नसकेकोमा पुनर्विचार गर्नुपर्ने धारणा उनले राखेका थिए। क्षेत्रीय एकताका लागि यो महत्वपूर्ण रहेको उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .