ad ad

कारोबार


सामन्थाले भेटिन् उपप्रधानमन्त्री पौडेललाई, एमसीसी परियोजना कार्यान्वयन गर्न आग्रह

सामन्थाले भेटिन् उपप्रधानमन्त्री पौडेललाई, एमसीसी परियोजना कार्यान्वयन गर्न आग्रह

भेटवार्ताका क्रममा उपप्रधानमन्त्री पौडेल र युएसएआइडी प्रमुख सामन्था पावर। तस्बिर : नेपालखबर


नेपालखबर
माघ २५, २०७९ बुधबार १३:७, काठमाडौँ

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरबीच बुधबार भेटवार्ता भएको छ।

बुधवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर प्रमुख सामन्थाले अर्थमन्त्रीसँग भेट गरेकी हुन्। 

भेटका क्रममा उनले नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध बिस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी) को कार्यान्वयनमा जोड दिएकी छन्। 

उनले यसअघि मंगलवार परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग पनि भेटवार्ता गरेकी थिइन्। 

दुई दिने नेपाल भ्रमणमा मंगलवार काठमाडौं आएकी उनी बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर स्वदेश फर्किने कार्यक्रम छ। 

स्वदेश फर्किनुअघि साँझ ५ बजे उनले हायात होटलमा पत्रकार सम्मेलन गर्नेछिन्। 

अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको हप्ता दिन नपुग्दै सामन्था नेपाल भ्रमणमा आएकी हुन्। 

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहेककी उनी त्यहाँको क्याबिनेटस्तरकी उच्च अधिकारीसमेत हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .