कारोबार


७७ वटै जिल्लामा वाणिज्य बैंक

७५२ पालिका पुगेका बैंक किन जान मानेनन् बझाङको साइपालमा?
७७ वटै जिल्लामा वाणिज्य बैंक

केशर बोगटी
फागुन २६, २०७९ शुक्रबार १७:२, काठमाडौँ

मुलुक संघीयतामा गएपछि ७५३ वटै स्थानीय तहलाई बैंक तथा वित्तीय संस्थाको पहुँचमा पुर्‍याउने सरकारको लक्ष्य थियो। 

लक्ष्यअनुसार केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन पनि दियो। कम्तीमा एउटा स्थानीय तहमा वाणिज्य बैंकको एउटा शाखा पुर्‍याउन २०७४ असार मसान्तमा उक्त निर्देशन दिइएको थियो। 

तर राष्ट्र बैंकले निर्देशन दिएको पाँच वर्ष बितिसक्दा पनि बझाङको साइपाल गाउँपालिकामा कुनै पनि वाणिज्य बैंकले शाखा सञ्चालनमा ल्याएका छैनन्। 

हालसम्म देशभरका ७५२ स्थानीय तहमा मात्र वाणिज्य बैंकले शाखा विस्तार गरेको नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायणप्रसाद पोखरेलले बताए। 

लामो समयसम्म बैंकविहीन रहेको धादिङको रुवीभ्याली, जाजरकोटको जुनीचाँदे गाउँपालिकाले गत असारमा बैंक पाएका छन्। 

पोखरेलले भने, ‘सबै स्थानीय तहमा कुनै न कुनै वाणिज्य बैंक पुगेका छन्। साइपालमा भने बैंक राख्न सुरक्षित नभएको हुँदा केही ढिलाइ भएको हो।’ 

सह–प्रवक्ता पोखरेलका अनुसार साइपालमा बैंक पुग्न अझै समय लाग्ने देखिन्छ। 

‘पक्की भवन तथा सडक सञ्जालको पहुँच नहुँदा बैंक राख्न कठिन भएको जानकारी राष्ट्र बैंकले पाएको छ’, उनले भने।   

हाल सञ्चालनमा रहेका २१ वाणिज्य बैंकले देशभरमा ५ हजार २९ हजार शाखा विस्तार गरेका छन्। 

वाणिज्य बैंकले बागमती प्रदेशमा सबैभन्दा बढी १८१० शाखा विस्तार गरेका छन् भने कर्णालीमा सबैभन्दा कम २०३ शाखा विस्तार गरेका छन्।

धेरै शाखा खोल्नेमा प्रभु, ग्लोबल र एनआईसी
देशैभर सबैभन्दा बढी शाखा प्रभु र ग्लोबल आईएमई बैंकले खोलेका छन्। उनीहरु दुवैले ३६५/३६५ शाखा खोलेका छन्। प्रभुले ६१ र ग्लोबलले ६५ जिल्लामा शाखा खोलेको जनाएका छन्।

त्यसबाहेक ३५९ शाखा विस्तार गरेको एनआईसी एसियाले ७३ जिल्लामा पुगेको जनाएको छ। यता कुमारी बैंकले पनि ३४५ शाखा विस्तार गरेको उल्लेख गरेको छ। उसले ७४ जिल्लामा उपस्थिति जनाएको छ।

कृषि विकास बैंकले कुल २८० शाखामार्फत ७७ वटै जिल्लामा सेवा प्रदान गर्दै आइरहेको दाबी गरेको छ। त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकले पनि ७७ वटै जिल्लामा २७० शाखा विस्तार गरेको छ। 

नेपाल बैंकले भने ७१ जिल्लामा शाखा विस्तार गरी सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले सुदूरपश्चिमका ३ जिल्ला बैतडी, बाजुरा, डोटी र कर्णाली प्रदेशका कालिकोट, मुगु र हुम्लामा शाखा विस्तार नगरेको नेपाल बैंकका सूचना अधिकारी प्रकाश कुमार अधिकारीले बताए। 

माछापुच्छ्रे बैंकले १६५ शाखामार्फत ५७ जिल्लामा सेवा प्रदान गरिरहेको छ। एभरेष्ट बैंकले १२४ शाखामार्फत ४६ जिल्लामा, सिटिजन्स बैंकले १८१ शाखाबाट ५१ जिल्लामा, सनराइज बैंकले १३९ शाखामार्फत ५२ जिल्लामा सेवा प्रदान गर्दै आइरहेको छ। 

नबिल बैंकसहित ८ वाणिज्य बैंकको शाखा ६० बढी जिल्लामा विस्तार गरेका छन्। त्यसैगरी आठ वाणिज्य बैंकले ५० बढी जिल्लामा र दुई वाणिज्य बैंकले ५० भन्दा कम जिल्लामा शाखा विस्तार गरेका छन्। 

वाणिज्य बैंक शाखा संख्या जिल्ला
एनएमबी २०६ ५४
सिद्धार्थ १९५ ५५
कुमारी ३४५ ७४
लक्ष्मी १४४ ४९
माछापुच्छ्रे १६५ ५७
एभरेष्ट १२४ ४६
नेपाल एसबीआई ११४ ५६
हिमालयन १८९ ६३
स्ट्यान्डर्ड चार्टर्ड १२
नबिल २४९ ६०
सिटिजन्स १८१ ५१
प्राइम कमर्सियल १८८ ५४
सनराइज १३९ ५२
कृषि विकास २८० ७७
सानिमा १३० ५१
नेपाल २०८ ७१
ग्लोबल आईएमई ३६५ ६७
एनआईसी एसिया ३५९ ७३
प्रभु ३६५ ६१
राष्ट्रिय वाणिज्य २७० ७७
नेपाल इन्भेष्टमेन्ट मेगा २९६ ६४
     

कुन प्रदेशमा कति शाखा? 
हालसम्म वाणिज्य बैंकहरुले ५ हजार २९ शाखा विस्तार गरी देशभर वित्तीय सेवा प्रदान गर्दै आइरहेका छन्। वाणिज्य बैंकहरुका शाखा बागमती प्रदेशमा मात्रै १ हजार ८ सय १० रहेका छन्।

त्यसैगरी प्रदेश १ मा ७६९ शाखा, मधेश प्रदेशमा ५७३ शाखा, गण्डकी प्रदेशमा ५९८ शाखा, लुम्बिनी प्रदेशमा ७४९ शाखा, कर्णाली प्रदेशमा २०३ शाखा र सुदूरपश्चिममा ३२७ शाखा छन्।

सुदूरपश्चिम : ३२७ 
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा वाणिज्य बैंकका ३२७ शाखा छन्।

कैलालीमा मात्रै १३३ शाखा, कञ्चनपुरमा ६६ शाखा, डोटीमा १९ शाखा, बझाङमा १८ शाखा, बाजुरामा १३ शाखा, अछाममा १८ शाखा, दार्चुलामा १९ शाखा, बैतडीमा १७ शाखा र डडेल्धुरामा २४ शाखा विस्तार गरेका छन्। 

कर्णाली : २०३   
कर्णाली प्रदेशका १० जिल्लामा वाणिज्य बैंकले २०३ शाखा विस्तार गरेका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सबैभन्दा धेरै ५३ शाखा विस्तार गरेका छन्। 

त्यसैगरी रुकुम पश्चिममा २१ शाखा, सल्यानमा २५ शाखा, दैलेखमा २५ शाखा, जाजरकोटमा १३ शाखा, डोल्पामा १३ शाखा, जुम्लामा २१ शाखा, कालिकोटमा १५ शाखा, मुगुमा ८ शाखा र हुम्लामा ९ शाखा विस्तार गरेका छन्। 

लुम्बिनी : ७४९
लुम्बिनी प्रदेशको १३ जिल्लामा वाणिज्य बैंकहरुले ७४९ शाखा विस्तार गरेका छन्। 

गुल्मीमा ३६ शाखा, पाल्पामा ४९ शाखा, रुपन्देहीमा २३१ शाखा, कपिलवस्तु ८१ शाखा, अर्घाखाँचीमा २१ शाखा, प्युठानमा २० शाखा, रोल्पामा २१ शाखा, रुकुम पूर्वमा ८ शाखा, दाङमा ९३ शाखा, बाँकेमा ८३ शाखा, बर्दियामा ४४ शाखा र नवलपरासी पश्चिममा ६२ शाखा विस्तार गरेका छन्। रुकुम पूर्वमा कुनै बैंकले शाखा विस्तार गरेका छैनन्। 

गण्डकी : ५९८ 
गण्डकी प्रदेशका १२ मध्येका ११ जिल्लामा वाणिज्य बैंकका ५९८ शाखा विस्तार भएका छन्। 

गोर्खामा ४४ शाखा, मनाङमा ११ शाखा, लमजुङमा ४४ शाखा, कास्कीमा २०३ शाखा, तनहुँमा ७८ शाखा, स्याङ्जामा ४२ शाखा, मुस्ताङमा १६ शाखा, बाग्लुङमा ४७ शाखा, पर्वतमा २५ शाखा म्याग्दीमा २१ शाखा र नवलपरासी पूर्वमा ६७ शाखा विस्तार गरेका छन्। 

बागमती : १८१०
बागमती प्रदेशका १३ जिल्लामा वाणिज्य बैंकले १ हजार ८१० शाखा विस्तार गरेका छन्। 

यसअनुसार दोलखामा ३० शाखा, रामेछापमा २५ शाखा, सिन्धुलीमा ३६ शाखा, रसुवामा २८ शाखा, धादिङमा ६१ शाखा, नुवाकोटमा ४१ शाखा, सिन्धुपाल्चोकमा ३७ शाखा, काभ्रेपलाञ्चोक ७१ शाखा, काडमाडौंमा ९१९ शाखा, ललितपुरमा २१६ शाखा, भक्तपुरमा २२१ शाखा, मकवानपुरमा ५८ शाखा र चितवनमा १६७ शाखा विस्तार भएका छन्। 

मधेश : ५७३  
मधेश प्रदेशमा ८ जिल्ला रहेका छन्। जहाँ वाणिज्य बैंकहरुले ५७३ शाखा विस्तार गरेका छन्। 

सप्तरीमा वाणिज्य बैंकले ५४ शाखा विस्तार गरेका छन्। त्यसैगरी सिरहामा ८८ शाखा, धनुुषामा ८६ शाखा, महोत्तरीमा ६० शाखा, सर्लाहीमा ७७ शाखा, रौतहटमा ५८ शाखा, बारामा ८२ शाखा र पर्सामा ६८ शाखा विस्तार गरेका छन्। 

कोशी : ७६९ 
कोशीका १४ जिल्लामा वाणिज्य बैंकले ७६९ शाखा विस्तार गरेका छन्।

ताप्लेजुङमा २४, पाँचथरमा २८, इलाममा ४० शाखा, झापामा १४५ शाखा, संखुवासभामा ३० शाखा, भोजपुरमा ३० शाखा, तेह्रथुममा १९ शाखा, धनकुटामा २६ शाखा, मोरङमा १८० शाखा, सोलुखुम्बुमा २७ शाखा, खोटाङमा १९ शाखा, ओखलढुङगामा २४ शाखा र उदयपुरमा ४३ शाखा विस्तार गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .