नेपाल उद्योग वणिज्य महासंघका वरिष्ठ उपाध्यक्षको लागि अञ्जन श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
चैत अन्तिममा हुने महासंघको निर्वाचनको लागि उनले उम्मेदवारी घोषणा गरेका हुन्।
चैत २८ र २९ मा महासंमा साधारणसभा तथा निर्वाचनमा श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेवारी दिने घोषणा आज एक समारोहमा गरेका हुन्।
महासंघमा वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था छ। यसअघि वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका चन्द्रप्रसाद ढकालले चैतपछि महासंघको नेतृत्व गर्नेछन्।
३ वर्षे कार्यकाल रहने महासंघमा ढकालपछि यसपटक जसले वरिष्ठ उपाध्यक्षमा चुनाव जित्छ सोही व्यक्तिले नेतृत्व गर्नेछ।
ढकालपछिको नेतृत्वको लागि श्रेष्ठले दाबी गरेका हुन्।
आज उम्मेदवारी घोषणा गर्दै उनले उद्योगी व्यवसायीको छाता संगठन महासंघको नेतृत्व गर्ने दाबी पेश गरेका हुन्।
उनीसँगै उनको प्यानल पनि घोषणा भएको छ। जसमा जिल्लागत उपाध्यक्षमा अरुणराज सुमार्गी उम्मेदवार रहने भएका छन्।
त्यस्तै एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा मनिसलाल प्रधानको उम्मेदवारी रहने श्रेष्ठले जानकारी दिए।
घोषणापत्रसहित पुनः पूर्ण टिम सार्वजनिक गरिने उनको भनाइ छ। श्रेष्ठले आफू देशको अधिकांश ठाउँमा गएर गुनासो सुनुवाइ गरेको जानकारी गराए।
त्यस्तै धेरै व्यवसायीहरुको गुनासो बैंकको चर्को ब्याजदर रहेको बताए।
अन्जन श्रेष्ठ को हुन्?
अन्जन श्रेष्ठ अहिलेका वस्तुगत उपाध्यक्ष हुन्। उनले उमेशलाल श्रेष्ठलाई चुनावमा हराएर यसअघि चुनाव जितेका थिए। उनी लक्ष्मी ग्रुपका निर्देशक हुन्।
लक्ष्मी ग्रुप नेपालको ठूलोमध्येको एक व्यावसायिक घराना हो। उत्पादनमूलक उद्योग, व्यापारिक क्षेत्रमा लगानी गरेको छ।
उत्पादनमूलक उद्योग
उत्पादनमूलकतर्फ सुजल फुड, सुजल प्लाष्टिक, सिद्धि लक्ष्मी स्टिल, सुजल डेरी छन्।
सुजल फुड अर्थात् खाद्य उद्योगतर्फ लक्ष्मी ग्रुपको कन्फेक्सनरी उत्पादन नेपालमा लोकप्रिय छ।
यसको उत्पादनमा कन्फेक्सनरी, स्ट्रिप गम, टफी, ललीपप्स र बबल गमहरूमा केन्द्रित छ। चोकोफन, सुजल गम, स्मार्ट ललीपप, मिल्क फल्स महत्वपूर्ण ब्राण्ड हो। यी वस्तुहरु छिमेकी देश भारत र चीनमा निर्यात समेत गर्दै आएको छ।
सुजल प्लास्टिक : सुजल प्लास्टिकले खाद्य तथा पेय पदार्थ उद्योगका लागि बोतल र जारमा पूर्ण प्याकेजिङ्ग उत्पादन गर्ने गर्छ। यसले एक्वा हन्ड्रेड, बिस्लेरी, किन्ले, स्प्रिंगले, थस्र्टपाइ जस्ता प्रख्यात ब्रान्डहरूलाई सेवा दिइरहेको छ। अर्थात् यी ब्राण्डको प्याकेजिङ प्रोडक्ट सुजल प्लाष्टिकले उत्पादन गर्ने गर्छ।
सिद्धि लक्ष्मी स्टिल : लक्ष्मी ग्रुपको स्टिल उत्पादन गर्ने संस्था सिद्धि लक्ष्मी स्टिलले समृद्धि स्टिल, एक्सरिब्ड टीएमटी रिबार्स उतपदन गर्दै आएको छ।
सुजल डेरी : लक्ष्मी समूहको सहायक कम्पनी दूध प्रशोधन गर्ने ठूलो कम्पनीका रुपमा यसले परिचय बनाएको छ। सन् २००५ मा पोखरा दुध आपूर्ति योजना स्थापना भएको यो उत्पादक कम्पनीले दूध, दही, घिउ, आइसक्रिम, बटर, नौनी, पनीर र पाउडर प्लान्ट सुविधा समावेश छ।
व्यापारतर्फ
जाइमा लक्ष्मी ट्रेडिङ : यस कम्पनीले चिनी, दूध पाउडर, तरल ग्लुकोज, एसिड्युलेट्स, मुद्रण मसी, विभिन्न प्रकारका प्लास्टिक ग्रेन्युल, पाम कर्नेल तेल, पाम आयल को व्यापार यस कम्पनीले गर्दै आएको छ।
अटोमोटिभ : लक्ष्मी ग्रुपको महत्वपूर्ण विजनेश अटोमोटिभ हो। कोरियन कम्पनी हुण्डाई प्यासेन्जर भेइलल्सको आधिकारीक बिक्रेता हो।
अटोपार्ट, लुब्रिकेन्ट समेत बिक्रि वितरण गर्छ। त्यसका साथै एसएमएल इसुजु कम्पनीको समेत नेपालको आधिकाीक बिक्रेता लक्ष्मी ग्रुप हो। साथमा प्रिमिय अटो ब्राण्ड बिएमडब्लु गाडीको समेत लक्ष्मी ग्रुप आधिकारी बिके्रता हो।
इलेक्ट्रोनिक्स : लक्ष्मी ग्रुपको जैमा इन्टरकन्टिनेन्टल कम्पनीले ओट्टो र कूलप्याड जस्ता मोबाइल ब्रान्डहरू आयात गर्छ।
अर्धसरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेशनमा समेत अन्जन श्रेष्ठको उल्लेख्य लगानी रहेको छ।
महासंघमा कस्तो छ उनको अनुभव?
लक्ष्मी ग्रुपका निर्देशक तथा महासंघका हालका उपाध्यक्ष श्रेष्ठ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष समेत हुन्।
उनी महासंघमा आबद्ध भएको भने २० वर्षको पूरा भएको छ। १५ वर्ष कार्यसमिति र एक कार्यकाल पदाधिकारी आफ्नो समेत बिताएका छन्।
महासंघमा रहने विभिन्न उद्योग, राजस्व समिति र रोजगारदाता परिषदमा बसेर काम गरेको अनुभव समेत उनीसँग छ।
प्रतिक्रिया