कारोबार


चोभार ड्राई पोर्टको आन्तरिक टर्मिनलमा पहिलो उपभोगकर्ता बन्यो उपाय

चोभार ड्राई पोर्टको आन्तरिक टर्मिनलमा पहिलो उपभोगकर्ता बन्यो उपाय

नेपालखबर
चैत ५, २०७९ आइतबार १६:२७, काठमाडौँ

नेपाल इन्टरमोडल यातायात विकास बोर्ड (एनआईटीडीबी) ले चोभार सुख्खा बन्दरगाहको नवनिर्मित आन्तरिक टर्मिनलको पहिलो ग्राहक लजिस्टिक कम्पनी उपाय भएको घोषणा गरेको छ।

आन्तरिक टर्मिनलमा १५० ट्रक र कन्टेनर पार्किङ क्षमता, ५४ x ५४ वर्ग मिटरको गोदाम, ८० टनसम्म सवारी साधन तौल गर्ने सुविधा, लोड/अनलोड शेड र चालक तथा कामदारका लागि शौचालयको व्यवस्था छ।

यो नेपालको ढुवानी उद्योगलाई आधुनिकीकरण गर्न र थप प्रभावकारी र व्यवस्थित आपूर्ति शृंखला सिर्जना गर्ने प्रयासमा एउटा महत्त्वपूर्ण कोशेढुङ्गा भएको उपायले जनाएको छ।
एनआईटीडीबीका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार उपायले आन्तरिक टर्मिनल प्रयोगका लागि एनआईटीडीबीको एप्लिकेसनबाट उपलब्धगराइएका सेवाहरू प्रयोग गरी टर्मिनलबाट आंशिक गोदाम सञ्चालन गर्नेछ।

उपायले आफ्ना ग्राहकहरूको तर्फबाट सामानहरू ड्राई पोर्ट मा भण्डारण गर्ने सुबिधा प्रधान गर्नका साथै ग्राहकहरूले सिधै ड्राई पोर्टमा सम्पर्क गर्न पनि सक्छन्।

ड्राई पोर्टले १० हजार वर्ग 'फुटसम्मको लोडिङ उपकरण र भण्डारण ठाउँ प्रदान गर्दछ।

तर सामानहरूको लागि यातायात सेवाहरूको अभाव भएको हुनाले उपायले ले ड्राई पोर्टका अन्य सबै ग्राहकहरूलाई यातायात सेवाहरू प्रदान गर्ने सम्बन्धमा मुख्य भूमिका खेल्नसक्छ र सुख्खा बन्दरगाहका अन्य ग्राहकका लागि सामान ढुवानी गर्न सक्छ।

चोभार ड्राई पोर्टको पहिलो ग्राहक बन्ने उपायको निर्णयले ढुवानी उद्योगलाई थप व्यवस्थित र प्रभावका बनाउन सरकारको पहललाई समर्थन गरेको छ।

कम्पनीका अनुसार उपायको अन्तिम लक्ष्य निकट भविष्यमा आफ्नै गोदाम बनाउने रहेको भए पनि कम्पनीले हाल आफ्नो माग अनुसारकोसेवालाई प्रवर्द्धन गर्ने र सामान ढुवानी गर्न चाहने सुख्खा बन्दरगाहका ग्राहकहरूलाई यातायात सेवा उपलब्ध गराउनमा केन्द्रित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .