कारोबार


राष्ट्रिय व्यावसायिक पहलको अध्यक्षमा कुशकुमार जोशी निर्विरोध

राष्ट्रिय व्यावसायिक पहलको अध्यक्षमा कुशकुमार जोशी निर्विरोध

नेपालखबर
पुस २४, २०७६ बिहिबार १५:५९,

व्यावसायिक आचारसंहित, संस्थागत सामाजिक उत्तरदायित्व, सुसासन जस्ता बिधामा काम गरिरहेको निजी क्षेत्रको संस्था राष्ट्रिय व्यावसायिक पहलको १३ औं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ। साधारणसभाले गरेको निर्वाचित कायक्रम अनुसार कार्यसमितिको निर्बिरोध निर्वाचित गरेको छ।

नयाँ कार्यसमितिको अध्यक्षमा कुशकुमार जोशी, संस्थापक निवर्तमान अध्यक्षमा पद्म ज्योति, उपाध्यक्षमा सुकुन्तलाल हिराचन, महासचिव सुरेन्द्रबीर मालाकार, कोषाध्यक्षमा श्री दिपक मल्होत्रा रहेका छन् । यस्तै, सचिवद्वयमा सुरेश प्रधान र गोपीकृष्ण न्यौपाने, सहकोषाध्ययक्षमा विनायक शाह रहेका छन्।

कार्यसमिति सदस्यहरुमा सरोज प्रसाद पाण्डे उमेश लाल श्रेष्ठ, राजेश खड्का, रविन्द्रमान सिंह, अरनिको राजभण्डारी, लता प्याकुरेल, डा वविन पोखरेल, डा। राजेन्द्र घिसिङ, मुकेश कुमार भट्टराई उपाध्याय, सुधिर मित्तल, खेम लकाई, होमनाथ उपाध्याय, अशोक वैद्य, रमेश महर्जन रहेका छन्।

राष्ट्रिय व्यावसायिक पहलमा मुलुकभरका राष्टिय स्तरका ५० भन्दा बढी महासंघ, संघ र ७० भन्दा बढी प्रतिष्ठित व्यापारिक प्रतिष्ठानहरु सदस्य रहेका छन्। साथै सभाले बिधान संशोधन गरी संस्थालाई पुनसंरचना गर्दै सातैवटा प्रदेशमा समिति गठन गरि अघि बढ्ने योजना रहेको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad