कारोबार


नेपाल एयरलाइन्सले हरेक मंगलबार मलेसियाबाट भैरहवा उडान गर्ने

नेपाल एयरलाइन्सले हरेक मंगलबार मलेसियाबाट भैरहवा उडान गर्ने

नेपालखबर
जेठ ४, २०८० बिहिबार १७:१५, काठमाडौँ

नेपाल वायुसेवा निगमले जेठ २९ देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेरिया नियमित उडान सुरु गर्दै छ। निगमले काठमाडौं–क्वालालम्पूर–भैरहवा–काठमाडौं सेक्टरमा उडान गर्ने गरी टिकट बुकिङ खुला गरेको हो। 

निगमले भैरहवाबाट हाल हप्ताको एक उडानबाट सुरू गर्ने र बजारको मागअनुसार अन्य गन्तव्यमा समेत उडान अनुमति लिई उडानको संख्या बढाउँदै लैजाने योजना बनाएको छ। 

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने कार्य तदारुकताका साथ गर्न सरकारी दबावकाबीच उडान सुरु गरेको हो। 

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र वाणिज्य विभागका निर्देशक टंकनिधि दाहालले हालै गरेको मलेसिया भ्रमणमा मलेसियाका उड्डयन अधिकारीसँग भैरहवा नियमित उडानसम्बन्धी विविध पक्षहरुमा छलफल गरेको निगमले जानकारी दिएको छ।

उक्त भ्रमणमा मलेसियास्थित नेपाली दुतावास, ट्राभल एजेन्टहरु, त्यहाँ रहेका उद्यमी व्यवसायीहरू, नेपाली समुदायका विशिष्ट व्यक्तिहरुसँग समेत छलफल भएको थियो।

निगमले मलेसियाको जोहोरबारुबाट क्वालालम्पूर अन्तर्राष्ट्रिय विमानस्थल सम्म आवतजावत गर्न निकट भविष्यमा सटल बसको व्यवस्था गर्दै छ।

यस पश्चात यात्रुले निगमको जहाजबाट काठमाडौदेखि जोहोरबारुसम्म र जोहोरबारूबाट काठमाडौ वा भैरहवासम्मको टिकट लिई यात्रा गर्न सक्नेछन्।  

वायुसेवा निगमको न्यारोबडी जहाजले सोमबार काठमाडौंबाट क्यावालम्पुर र मंगलबार क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौं आउने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .