ad ad

कारोबार


सांसद विकास कोषका लागि प्रतिसांसद ५ करोड बजेट विनियोजन

सांसद विकास कोषका लागि प्रतिसांसद ५ करोड बजेट विनियोजन

नेपालखबर
जेठ १५, २०८० सोमबार १९:७, काठमाडौँ

सरकारले संसदीय क्षेत्र निर्वाचन कार्यक्रमका लागि ५ करोड रकम विनियोजन गरेको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार सार्वजनिक गरेको बजेट अनुसार १६५ निर्वाचन क्षेत्रका सांसदका लागि ५ करोड रकम विनियोजन गरेको बताए। 

जनप्रतिनिधिले सो पाँच करोड रकम विकास निर्माण, भौतिक पूर्वाधार निर्माणमा खर्च गर्नेगरी प्रस्ताव गरेको उनले बताए। 

‘संसदीय क्षेत्र निर्वाचन कार्यक्रमका लागि ५ करोड रुपैयाँ विनियोजन गर्ने प्रस्ताव गरेको छ,’ उनले भने, यी सबैका लागि ८ अर्व २५ करोड विनियोजन गरेको छु।’

निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि विनियोजन गरिएको रकम खारेज गर्न माग हुँदै आएको थियो। सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि कूल बजेट १७ खर्ब ५१ अर्ब बजेट विनियोजना गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .