ad ad

कारोबार


नेपाली उत्पादनलाई इटालीमा प्रवर्द्धन गर्न जोड

नेपाली उत्पादनलाई इटालीमा प्रवर्द्धन गर्न जोड

नेपालखबर
जेठ २२, २०८० सोमबार १८:४५, काठमाडौँ

नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन नेपाल इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) ले ‘जुन ५’ तारिखलाई द्विपक्षीय व्यापार बैठक एनआईसीसीआई दिवस २०२३ को घोषणा गरेको छ।

यस अवसरमा पहिलो संस्करणको न्यूजलेटर अनावरण गरिएको थियो। यो कार्यक्रमले नेपाल र इटालीबीचको व्यावसायिक सम्बन्धलाई पर्यटन, उद्योग, आयात, निर्यात बढाउन एनआईसीसीआईको प्रतिबद्धतालाई जनाउँछ।

यस विशेष क्षणमा इटालीका राजदूत भिन्सेन्जो डे लुकाले प्रगाढ द्विपक्षीय सम्बन्धको प्रतीक तथा दिगो साझेदारीका लागि सहकार्यमा जोड दिँदै यस अवसरको महत्वलाई अझ प्रगाढ बनाउने बताए।

एनआईसीसीआईका अध्यक्ष सञ्जय अग्रवालले भने, ‘एनआईसीसीआई दिवस २०२३’ ले चेम्बरको स्थापनादेखि हालसम्म गरेको उल्लेखनीय यात्रालाई चिन्तन गर्ने अवसर पनि प्रदान गरेको छ। यो कार्यक्रम उत्सव र आत्म निरीक्षणको प्रतिक थियो र सहभागीहरूले उपलब्धि र उज्ज्वल भविष्यको लागि कामना गर्नुभयो। यस कार्यक्रमले द्विपक्षीय व्यापारप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्ने, नवप्रवर्तनलाई बढावा दिने, दिगो विकास तथा समृद्धिलाई अगाडि बढाउने र बलियो साझेदारीलाई बढावा दिने महत्वमा जोड दिएको छ।’

बैठकमा इटालीका लागि नेपालका महावाणिज्यदूत प्रतिमा राणा  पाण्डेले स्वागत गर्दै एनआईसीसीआईका अध्यक्ष संजय अग्रवाल र पहिलो संस्करणको न्यूजलेटरको लागि बधाई तथा शुभकामना व्यक्त गरिन्।

साथै नेपाल इटाली चेम्बर अफ कमर्शका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठले विगतमा सफलतापूर्वक सम्पन्न भएका कार्यक्रमहरु साथै भविष्यका भावी योजनाहरुबारे चर्चा गरे।

यस अवसरमा इटालीका राजदूत भिन्सेन्जो डे लुकाले नेपाल इटालीको भावी योजना साथै पर्यटन, आयात निर्यात, तथा उद्योगलाई अझ व्यवस्थित ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिए।

उनले नेपाली कफी, नेपाली हस्तकलाका सामग्रीहरु आदिलाई इटालीमा बजार प्रवद्र्धन गर्ने साथै इटालीमा आप्रवासी नेपालीको समाजलाई उजागर गर्दै व्यवसाय र उद्योगलाई प्रवद्र्धन गर्नुपर्ने बताए।

नेपाल–इटालीको सम्बन्धलाई अझ बलियो बनाउने कुरामा जोड दिएका उनले पहिलो संस्करणको पत्रिकाको अनावरण गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .