कारोबार


सेयर धितो कर्जा : सात बैंकले बढाउँदा १३ वटाको घट्यो

सेयर धितो कर्जा : सात बैंकले बढाउँदा १३ वटाको घट्यो

फाइल तस्बिर


केशर बोगटी
असार ६, २०८० बुधबार १३:४, काठमाडौँ

चालु आर्थिक वर्षको १० महिना (वैशाखसम्म) वाणिज्य बैंकहरुले ५७ अर्ब ८१ लाख ४ हजार रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्। 

गत वर्ष यसै अवधिमा वाणिज्य बैंकहरुले ७५ अर्ब १६ करोड ९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। 

गत वर्षको तुलनामा चालु आवको वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुको सेयर धितो कर्जा घटेको छ। 

गत वर्षको सुरुवाती समयमा उल्लेख्य रुपमा गएको सेयर धितोकर्जा विस्तार घट्दै गएको थियो। 

सेयर बजारमा आएको निरन्तर गिरावटसँगै सेयर धितोकर्जा समेत विस्तारै खुम्चिँदै गएको थियो। तर, चालु आवको सुरुवातमा सुस्त धितोकर्जा विस्तारै बढ्दै गएको हो। 

चालु आवको वैशाखसम्म ७ वाणिज्य बैंकको सेयर धितोकर्जा बढेको छ। त्यसैगरी अन्य १३ वाणिज्य बैंकको सेयर धितोकर्जामा सामान्य गिरावट देखिएको छ। 

पछिल्लो समय सेयरबजारले लय समात्दै गएको छ। निरन्तर घटेर १८ सय बिन्दुमा पुगेको बजार लय समात्दै २१ बिन्दुमा पुगेको छ। 

यता बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम (तरलता) थपिँदा बिस्तारै सेयर धितोकर्जा बढ्नु बजारको लागि राम्रो मानिन्छ।

बिस्तारै सेयर बजार लयमा देखिएकाले अब सेयर धितोकर्जा बढ्दै जाने एक बैंकर्सले बताए। 

उनका अनुसार तरलता सहज हुँदै गएको छ। अन्य कर्जाको माग न्यून भए पनि सेयर धितोकर्जाको माग बढिरहेको छ। 

बजार लयमा देखिएकाले आगामी दिनमा सेयर धितो कर्जा मागसमेत बढ्न उनले बताए। 

‘चालु आवको सुरुवातमा सेयरधितो कर्जाको माग न्यून थियो’, उनले भने, ‘फागुनयता सेयर धितो कर्जाको माग बढ्दै गएकोे छ। तरलता समेत सहज बन्दै गइरहेकाले अब सेयर धितो बढ्दै जाने देखिन्छ।’

वैशाख मसान्तसम्म नबिल बैंकले सेयर धितोकर्जा बापत ८ अर्ब २३ करोड रुपैयाँ प्रवाह गरेको छ। गत वर्ष त्यही अवधिको तुलनामा नबिल बैंकले सेयर धितोकर्जा बढाएको छ। 

गत वर्ष यसै अवधिमा नबिलले ६ अर्ब ६९ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको थियो। हुन त नबिलले नेपाल बंगलादेशलाई एक्वाएर गरेपछि सेयर धितो कर्जा ८ अर्ब माथि पुगेको छ। 

त्यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन बैंक, एभरेष्ट, कृषि विकास बैंक, प्रभु बैंक र सानिमा बैंकको सेयर धितो कर्जा पनि बढेको छ। 

कुनले कति दिए सेयर धितो कर्जा? 
नेपाल बैंकले सेयर धितो कर्जावापत ३ अर्ब ८६ करोड रुपैयाँ प्रवाह गरेको छ। गत वर्ष त्यही अवधिमा बैंकले ४ अर्ब ६३ करोड रुपैयाँ प्रवाह गरेको थियो। 

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ११ करोड सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष त्यही अवधिमा बैंकले ५ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

नबिलले ८ अर्ब २३ करोड सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष त्यही अवधिमा बैंकले ६ अर्ब ७९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ७५ अर्ब सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष त्यही अवधिमा बैंकले २ अर्ब ३५ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको थियो। 

हिमालयन बैंकले ३ अर्ब २ करोड सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष त्यही अवधिमा बैंकले १ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

नेपाल एसबीआई बैंकको २ करोड २ लाखले सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष त्यही अवधिमा बैंकले ३ करोड ६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

एभरेष्ट बैंकले ९४ करोड सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष त्यही अवधिमा बैंकले ९० करोड ७ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको थियो।  

एनआईसी एसिया बैंकले १ अर्ब १० करोड सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष त्यही अवधिमा बैंकले २ अर्ब ७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

माछापुच्छ्रे बैंकले ५९ करोड ८ लाखले सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष बैंकले १ अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

कुमारी बैंकले ३ अर्ब ५६ करोडले सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष बैंकले ३ अर्ब ४१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

लक्ष्मी बैंकले २ अर्ब ३० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष बैंकले २ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

सिद्धार्थ बैंकले ३ अर्ब ७५ करोड याँ सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष बैंकले ४ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

कृषि विकास बैंकले १ अर्ब १५ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष बैंकले १ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

ग्लोबल आईएमई बैंकले ६ अर्ब २७ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष यस बैंकले ६ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

सिटिजन्स बैंकले ३ अर्ब ६६ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष यो बैंकले ४ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

प्राइम कमर्सियल बैंकले ३ अर्ब २५ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष यो बैंकले ३ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

सनराइज बैंकले १ अर्ब ६६ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष यसले २ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

एनएमबि बैंकले १ अर्ब ३७ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष यो बैंकले २ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

प्रभु बैंकले ३ अर्ब ९५ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष प्रभुले २ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

सानिमा बैंकले ३ अर्ब ९५ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ। गत वर्ष सानिमाले ३ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .