कारोबार


ब्रोकर कम्पनीले फिर्ता गरे लगानीकर्ताको ३५ करोड बेवारिस पैसा

ब्रोकर कम्पनीले फिर्ता गरे लगानीकर्ताको ३५ करोड बेवारिस पैसा

फाइल तस्बिर


केशर बोगटी
असार १४, २०८० बिहिबार १८:५०, काठमाडौँ

धितोपत्र दलाल व्यवसायी (ब्रोकर)कम्पनीहरुले लगानीकर्ताको ३५ करोड रुपैयाँ सेटलमेन्ट (फिर्ता) गरेका छन्। 

बजार निरन्तर घटेसँगै ब्रोकर कम्पनीहरुले लगानीकर्ताको ३५ करोड पैसा सेटलमेन्ट गर्न सफल भएका हुन्। 

आर्थिक वर्ष २०७८/७९ मा ब्रोकर कम्पनीसँग लगानीकर्ताको स्रोत नखुलेको ३५ करोड बढी रुपैयाँ थियो। 

त्यो बेला सेयरबजार समेत उकालो यात्रामा थियो। २०७८ भदौ २ गते नेप्से कारोबार समयमा ३१ सय बिन्दु नाघ्दा करिब २२ अर्बको कारोबार भएको थियो। 

सेयरबजारमा लगानीकर्ता बढेसँगै ब्रोकरकहाँ उनीहरुको स्रोत नखुलेको पैसा पनि थुप्रिएको थियो। 

नेप्सेले आईपीएस कनेक्टलाई अनलाइन ट्रेड सिस्टम टीएमएसमा राखे पनि लगानीकर्ताले अनलाइन पेमेन्ट एप्स–फोन पे, इन्टरनेट बैंकिङ, ई–सेवा, आईएमईपेलगायत माध्यमबाट ब्रोकरलाई भुक्तानी गरेकै कारणले बेवारिसे बनेको ब्रोकर एसोशियसनका अध्ययक्ष धर्मराज सापकोटाले बताए। 

सापकोटा अनुसार अहिले बेवारिसे रहेको ३५ करोड रुपैयाँ फिर्ता (सेटलमेन्ट) भइसकेको छ। 

‘बजार निरन्तर उकालो लागिरहेका बेला लगानीकर्ताले विभिन्न माध्यमबाट सेयर खरिद गर्न ब्रोकर कम्पनीको खातामा पैसा जम्मा गर्ने गरिरहेका थिए’, उनले भने, ‘लगानीकर्ताले विभिन्न माध्यमबाट पठाएको पैसाको पूर्ण विवरण नआउने र लगानीकर्ताले पनि आफ्नो पैसाको खोजी नीति नगर्ने भएपछि ब्रोकर कम्पनीहरु सँगै ३५ करोड पैसा थुप्रीएको थियो।’

बजार विस्तारै घट्दै गयो र कारोबार पनि खुम्चिन थालेसँगै लगानीकर्ताको प्रमाणीकरण गरेर सबै पैसा फिर्ता गरिएको सापकोटाले बताए। 

‘स्रोत नखुलेको पैसा थुप्रिन थालेपछि ब्रोकर कम्पनीहरुले आफ्ना ग्राहकलाई फोन गरी सोधपुन गर्यो’, उनले भने, ‘पैसा पठाउने लगानीकर्तालाई पैसा पठाएको प्रमाण पेस गर्न लगाएर पैसा फिर्ता गर्यौँ।’ 

अहिले लगानीकर्ताले सिस्टमबाट पैसा पठाउने गरेकाले पहिलेको समस्या नरहेको सापकोटाले बताउँछन्। 

उनले सिस्टमबाटै पैसा आउने थालेसँगै पहिलेको जस्तो वेवारिसे पैसा थुप्रिन पूर्ण रुपमा बन्द भएको छ। 

सेयर खरिद गर्न जम्मा गरेको पैसा खोजी नीति नगर्नेको पैसा अझै ब्रोकर कम्पनीसँग रहेको एक ब्रोकरले बताए। 

‘बजार र कारोबार बढेका बेला लगानीकर्ताले ब्रोकरको खातामा पैसा जम्मा गरे, सिस्टमबाट आएको पैसाको विवरण देखियो।जसले  अनलाइन पेमेन्ट एप्स–फोन पे, इन्टरनेट बैंकिङ, ई–सेवा, आईएमईपेलगायतका माध्यमबाट ब्रोकरलाई भुक्तानी गरे, उनीहरुले बजार घट्दै जादा कारोबार नै गर्न छाडे’, उनले भने, ‘ती लगानीकर्ताले नत पैसा फिर्ता लिए। कोहीले त लगानीकर्ता विदेश गए होलान, कतिका नराम्रो घटना घट्यो होला।’

ब्रोकर कम्पनीले सिस्टम बाहिरबाट ब्रोकरको खातामा पठाएको प्रणाम दिनेलाई पैसा फिर्ता गर्यो, जसले प्रमाण र खोजीनीति गरेनन्, उनीहररुको पैसा ब्रोकर कम्पनीले फिर्ता गरेनन्,’ ती ब्रोकरले नेपाल खबरसँग भने। 

असारभित्र ब्रोकरले आफ्नै टिएमएस संचालनमा ल्याउने ३३ ब्रोकर कम्पनीले आफ्नो कारोबार व्यवस्थापन प्राणाली (टीएमएस) असारभित्र सञ्चालमा ल्याउने सापकोटाले बताए। 

उनका अनुसार ब्रोकरहरुको तर्फबाट नयाँ टिएमएस तयारी अवस्थामा छ। 

नेप्सको डाटा माइग्रेडको अडिट गर्नुपर्ने भएकाले असार मसान्तमा मात्रै नयाँ टिएमएस संचालनमा आउने सापकोटाले बताए। 

‘नेपाल धितोपत्र बोर्डले नेप्सेलाई डाटा माइग्रेडको अडिट गर्न निर्देशन दिएको छ’, उनले भने, ‘त्यो डाटा माइग्रेडको अडिट गर्न सिस्टम चलाउन मिल्दैन, हाम्रो सिस्टमले काम गरेको छ, छैन भनेर हेर्न टेस्ट गर्न नेप्सेबाट डाटा आउनुपर्छ। त्यो डाटा आएपछि हामी लाइनमा आउँछौँ।’ 

उनले अझै डाटा माइग्रेडको अडिट सम्पन्न हुन १०/१५ दिन लाग्ने बताए। त्यसपछि बल्ल लाइनमा जाने उनले जानकारी दिए। 

गत वैशाखमा ब्रोकर कम्पनीहरुलाई नयाँ टीएमएस राख्न पाउने गरी नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘धितोपत्र कारोबार सञ्चालन २०७५’ (तेस्रो संशोधन) विनियमावली स्वीकृत गरेको थियो। 

त्यसपछि ब्रोकर कम्पनीले आफ्नै टीएमएस राख्न पाउने बाटो खुलेको हो। 

हाल सञ्चालित ५० वटै ब्रोकर कम्पनीले नेप्सेको टीएमएस प्राणालीमार्फत काम गरिरहेका छन्। 

सेबोनले गत वैशाख ८ गते नै ब्रोकरलाई आफ्नै टीएमएस सञ्चालन गर्न स्वीकृति दिएको विनियमावलीलाई नेप्सेको सञ्चालक समितिले असारमा स्वीकृत गरेको थियो।  

त्यसपछि ३३ ब्रोकरले श्रीलकंन कम्पनीको नयाँ टीएमएस राख्ने गरी सम्झौता गरेका हुन। 

कम्पनीहरुले श्रीलंकास्थित आइरन वान कम्पनीले उत्पादन गरेको टीएमएस ल्याउन लागेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .