कारोबार


रोयल इन्फिल्डको सर्भिस सेन्टर बालकुमारीमा पनि


सरोज नेपाल
असार २४ , काठमाडौँ

रोयल इन्फिल्डको वेयर हाउस सहितको सर्भिस सेन्टर बालकुमारीमा खुलेको छ। मोटरसाइकलको मुल्य घटेसंगै आक्रमक बजार लिएको रोयल इन्फिल्डको आधिकारिक सर्भिस सेन्टर शुरु गरेको हो। 

त्रिवेणी ग्रुपले रोयल इन्फिल्डको आधिकारिक विक्रेता पाएसंगै बजारमा आक्रमक रुपमा प्रस्तुत भैरहेको छ। रोयल इन्फिल्डको आधिकारिक विक्रेता अल्फा अटोमोटिम प्रा.लिले नक्सालपछि ललितपुरको बालकुमारीमा सुविधायुक्त सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। रोयल इन्फिल्डका ४५ हजार बढी राइडर रहेका छन्। रोयल इन्फिल्डका पुराना र नयाँ मोडल राइडिङ गर्दै आएका छन्। 

अल्फा अटोमोटिभ नेश्नल कम्युनिटी राइडिङ म्यानेजर अनुज मल्ल रोयल इन्फिल्डमा राइडर जोडिनुमा एउटा मात्रै कारण नभएको बताए। 
रोयल इन्फिल्डको एड्भेन्चर टुरकोलागि हिमालय रहेको छ। क्रुजिङकोलागि मेन्टियर, रेसिङकोलािग जिटी सिरिजका बाइक नेपालमा उपलब्ध रहेका छन्। 

‘रोयल इन्फिल्डको मोटरसाइकल खरिदपछि सर्भिस मात्रै होइन राइडिङ कम्युनिटी माफर्त खुसी प्रदान गर्छ,’ मल्ल भन्छन्। 
विश्वयुद्धपछि  मिलिटरी हेरिटेज जी २ मोटरसाइलबाट प्रभावित भएर क्लासिक मोटरसाइकल बनाउन शुरु गरेको थियो। ‘पर्पज विल्ड’ (उद्देश्य निर्धारित) मोटरसाइकल रोयल इन्फिल्डले उत्पादन गर्दै आएको बताए। 

सर्भिस सेन्टरसंगै स्पेयर पार्टसकोलागि वेयर हाउस
नयाँ सर्भिस सेन्टर ललितपुरको बालकुमारीमा रहेको छ। मनोहरा पुलभन्दा २ सय मिटर दक्षिण तर्फ रहेको छ। उक्त क्षेत्र आसपास गुडाउने ग्रहाकले सहजै सेवा पाउने मल्लले बताए।  

पहिलो आधिकारिक सर्भिस सेन्टर नक्सालमा रहेको छ। बालकुमारीको दोस्रो सर्भिस सेन्टर हो। आधिकारिक सर्भिस सेन्टरमा वासिङ कर्मचारी, टेक्निसियन, सर्भिस एड्भाइजर, वारेन्टी इन्चार्ज, सर्भिस इन्चार्ज तालिम प्राप्त रहेको कम्पनीले जनाएको छ। 
‘सेन्ट्रल वेयर हाउस बालकुमारीमै रहेको छ। नेपालभर स्पेयर पार्टस् यहीबाटै जान्छ,’ मल्लले भने,‘रोयल इन्फिल्डको कुनैपनि मोडलको स्पेयर पार्टस् सजिलै उपलब्ध गराउन सकिन्छ।’

अल्फा अटोमोटिभका वारेन्टी म्यानेजर विवेक कुमार मिश्रले दैनिक १० देखी १५ वटा बाइकले सर्भिस पाइरहेको बताए।  सर्भिस सेन्टरमा ६ वटा र्‍याम्प रहेका छन्। एउटा र्‍याम्पबाट ४ वटा बाइकलाई सर्भिस दिन सकिन्छ। दैनिक २४ वटा बाइकलाई सर्भिस दिने लक्ष्य रहेको मिश्रले सुनाए। 

कम्पनीले ४ वटासम्म निशुल्क सर्भिस दिएको छ। जसमा पहिलो सर्भिस ४५ दिन वा ५०० किलोमिटरको रहेको हुन्छ। दोस्रो सर्भिस ५ हजार किलोमिटर वा ५ महिनाको हुन्छ। ४ वटा सर्भिसपछि ३ हजार किलोमिटर कुदेपछि सर्भिस गराउँदै आएको छ। 
जितेन्द्र कर्ण ५ वर्षैदेखी रोयल इन्फिल्डको मोटरसाइकल प्रयोग गर्दै आएका छन्। क्लासिक ३५० राइडिङ गर्ने उनी बालकुमारीको सर्भिस सेन्टर पहिलेको भन्दा राम्रो भएको सुनाए। ‘सर्भिस सेन्टरका स्टाफ सपोटिभ हुनुहुन्छ। राम्रो सर्भिस पाएको छु,’ कर्णले भने,‘ग्रहाकलाई चाहिने धेरै सेवा बालकुमारीबाट पाइने रैछ।’ 

त्यस्तै  सिदार्थ फैंजू १ महिना देखी रोयल इन्फिल्ड प्रयोग गरिरहेका छन्।  एक महिनामै ५०० किलोमिटर कुदाएका छन्। पहिलो सर्भिसकालागि बालकुमारी आएका फैंजू रोयलइन्फिल्डको सर्भिस सेन्टरको पूर्वधार राम्रो रहेको बताए। ‘रोयलइन्फिल्डको बाइक चलाउँदै जाँदा कुनै समस्या आए के होला भन्ने डर छैन,’ फैंजुले भने,‘बाइकको सर्भिस र पार्टस् पाउने पूर्ण विश्वास रहेको छ।’


नेपालमा रोयलइन्फिल्डका क्लासिक ३५०, स्क्राम ४११, सुपर मेन्टेअर ६५०, हन्टर ३५०, मेन्टर ३५०, इन्टरसेप्टर, कन्टिनेन्टल जीटी, हिमालयन र बुलेट मोडल नेपालमा गुडिरहेका छन्।
 

असार २४, २०८० आइतबार १९:३८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .