कारोबार


घरजग्गा कारोबार सुस्ताउँदा १७ अर्ब रुपैयाँले घट्यो राजस्व

घरजग्गा कारोबार सुस्ताउँदा १७ अर्ब रुपैयाँले घट्यो राजस्व

वसन्त अर्याल
साउन १, २०८० सोमबार १७:०, काठमाडौँ

गत आर्थिक वर्षमा घरजग्गा कारोबार कम हुँदा १७ अर्ब रुपैयाँले राजस्व घटेको छ। 

आइतबारबाट सकिएको आर्थिक वर्षमा सरकारले करिब ४१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको हो। 

आर्थिक वर्ष २०७८/७९ मा सरकारले ५८ अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। 

जसमा सेवाकर‍वापत ३५ अर्ब २२ करोड, सेवा शुल्कवापत २ अर्ब र पूँजीगत लाभकर १५ अर्ब ५२ करोड रुपैयाँ संकलन गरेको थियो। 

गत साउनदेखि असार मसान्तसम्म ४१ अर्व रुपैयाँ राजस्व संकलन भएको छ। अघिल्लो वर्ष बागमती प्रदेशका मालपोत तथा नापी कार्यलयबाट संकलन गरेको राजस्वभन्दा ७ अर्ब रुपैयाँले मात्रै बढी देशभरबाट उठेको छ। 

गत अर्थिक वर्षमा विभागले कोशी प्रदेशबाट ५ अर्ब ५५ करोड, मधेशबाट ६ अर्ब ४६ करोड, बागमतीबाट ३४ अर्ब ७९ करोड, गण्डकीबाट ३ अर्ब ९९ करोड, लुम्बिनीबाट ५ अर्ब १६ करोड, कर्णाली प्रदेशमा ५० करोड र सुदुरपश्चिमबाट १ अर्ब ८६ करोड रुपैयाँ राजस्व उठेकोे थियो। 

भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक निर्माण कुमार कार्कीले देशभरका पालिकाले कित्ताकाट नखुलाउँदा समग्र अर्थतन्त्रमा प्रभाव परेको बताए। 

‘१७ अर्ब बढी रुपैयाँले राजस्व संकलन घटेको छ,’ विभागका प्रवक्ता  कार्कीले भने, ‘आर्थिक क्षेत्रकै गतिविधि एकदमै कम भए। त्यसमा पनि स्थानीय तहले जग्गाको वर्गीकरण गर्न नसक्दा असर प¥यो।’

चैतमा धेरै राजस्व
भूमि व्यवस्थापन तथा अभिलेख विभागले मुख्यतः रजिष्ट्रेशन र पूँजीगत लाभकरबाट राजस्व संकलन गर्दै आएको छ। 

एक वर्षअघि सुस्ताएको घरजग्गा कारोबार वर्षअन्तसम्म बढ्दै गएको छ। गत चैतमा सबैभन्दा बढी राजस्व संकलन भएको थियो। गत वर्ष असोजमा सबैभन्दा कम राजस्व संकलन भएको छ। 

विभागका अनुसार असार महिनामा ४ अर्ब २७ करोड रुपैयाँ उठाएको छ। जसमा सेवा कर ३० करोड, रजिष्ट्रेशन दस्तुर २ अर्ब ६१ करोड, पूँजीगतलाभ कर १ अर्ब ५८ करोड रुपैयाँ उठेको छ। चैतपछिको सबैभन्दा बढी हो।

जेठमा ३ अर्ब ७५ करोड रुपैयाँ राजश्व उठेको थियो। जसमा २८ करोड सेवा कर, २ अर्ब ४२ करोडर रजिष्ट्रेशन शुल्क र १ अर्ब २८ करोड पूँजीगत लाभकर उठाएको थियो। 

वैशाखमा ३ अर्ब १० करोड रुपैयाँ राजस्व उठेको छ। सेवाकरवापत २२ करोड, रजिष्ट्रेशन शुल्क १ अर्ब ९८ करोड, पूँजीगत लाभकर १ अर्ब ७१ करोड रुपैयाँ वातप संकलन भएको छ। 

चैत महिनामा ४ अर्ब ५१ करोड रुपैयाँ कुल राजस्व संकलन भएको छ। सेवा करवापत २८ करोड, रजिष्ट्रेशन शुल्क २ अर्ब ४० करोड र पूँजीगत लाभकर १ अर्ब ३२ करोड कर उठाएको छ। 

फागुनमा ३ अर्ब ५६ करोड रुपैयाँ आम्दानी गरेको छ। जसमा सेवा करबाट १९ करोड, रजिष्ट्रेशन शुल्क १ अर्ब ९२ करोड र पूँजीगत लाभकर १ अर्ब ३ करोड रुपैयाँ छ। 

माघमा ३ अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन भएको छ। सेवा करबाट २२ करोड, रजिष्ट्रेशन शुल्क  १ अर्ब ९६ करोड र १ अर्व ८ करोड पूँजीगत लाभकर उठेको छ। 

पुसमा ३ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन भएको छ। २६ करोड रुपैयाँ सेवाकर, १ अर्ब ८९ करोड रजिष्ट्रेशन शुल्क र १ अर्ब १७ करोड रुपैयाँ पूँजीगत लाभकर छ।

मंसिरमा २ अर्ब ६४ करोड रुपैयाँ छ। सेवा कर वापत १७ करोड, रजिष्ट्रेशन शुल्क १ अर्ब ४४ करोड रुपैयाँ र पूँजीगत लाभकर ७२ करोड रुपैयाँ संकलन भएको छ। 

कात्तिकमा ३ अर्ब रुपैयाँ संकलन भएको थियो। सेवा करवापत १३ करोड ५७ लाख, रजिष्ट्रेशन शुल्क १ अर्ब ८८ करोड र पूँजीगत लाभकर ७० करोड रुपैयाँ उठेको थियो। 

असोजमा २ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन भयो। जसमा सेवा करवापत १६ करोड, रजिष्ट्रेशन शुल्क १ अर्ब ३६ करोड र पूँजीगत लाभकर ७४ करोड रुपैयाँ संकलन भएको छ। 

भदौ महिनामा ३ अर्व ५६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। सेवाकर वापत २२ करोड, रजिष्ट्रेशन शुल्क १ अर्ब ८८ करोड र पूँजीगत लाभकर १ अर्ब ५९ प्रतिशत छ। 

गत आर्थिक वर्षको सुरुमा २ अर्ब ७३ करोड रुपैयाँले राजस्व संकलन भयो। जसमा सेवा कर वापत २० करोड, १ अर्ब ४६ करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क र ७४ करोड रुपैयाँको पूँजीगत लाभकर उठाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .