कारोबार


यी पाँच बैंक जसले गत वर्ष सर्वाधिक नाफा कमाए, कुन सूचकमा कुन अब्बल?

यी पाँच बैंक जसले गत वर्ष सर्वाधिक नाफा कमाए, कुन सूचकमा कुन अब्बल?

फाइल तस्बिर


केशर बोगटी
साउन २१, २०८० आइतबार १५:१८, काठमाडौँ

आर्थिक वर्ष २०७९/८० मा नबिल बैंकले सर्वाधिक नाफा गरेको छ। 

दोस्रोमा ग्लोबल आईएमई बैंक, तेस्रोमा राष्ट्रिय वाणिज्य बैंक, चौथोमा एनआईसी एसिया, पाँचौमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छन्। 

नबिल बैंकले ७ अर्ब ५२ करोड बढी नाफा गरेको छ। ग्लोबल आईएमईले ७ अर्ब ५२ करोड, राष्ट्रिय वाणिज्यले ४ अर्ब ९१ करोड, एनआईसी एसियाले ४ अर्ब ६५ करोड र नेपाल इन्भेष्टमेन्ट मेगाले ४ अर्ब २९ करोड नाफा गरेका छन्।

नबिल बैंक
नबिल बैंकले ७ अर्ब ५२ करोड नाफा गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले ४ अर्ब २५ करोड नाफा गरेको थियो। 

अघिल्लो वर्षको उक्त अवधिको तुलनामा नबिल बैंकको नाफा ७६.८६ प्रतिशत बढेको छ।  

नबिलको निष्क्रिय कर्जा १.२३ प्रतिशत छ। गत वर्ष त्यही अवधिमा नबिलको निष्क्रिय कर्जा ०.६४ प्रतिशत थियो। खराब कर्जा बढ्दा कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) समेत बढेको छ। 

बैंकको ब्याज आम्दानी पनि उल्लेख्य मात्रामा बढेको छ। अघिल्लो वर्ष ८ अर्ब ९१ करोड ब्याज आम्दानी गरेको बैंकले गत वर्ष १७ अर्ब ९८ प्रतिशत ब्याज आम्दानी गरेको छ। 

ब्याज आम्दनीसँगै बैंकको फी कमिशनसमेत बढेको छ। बैंकको फी कमिशन ८३.६२ प्रतिशतले बढेर २ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। 

बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। वितरणयोग्य नाफालाई हेर्दा लाभांश क्षमता १४.६४ प्रतिशत देखिन्छ। 

बैंकले चैतसम्म ३ अर्ब ८८ करोड प्रोभिजन गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा नबिल बैंकले १ अर्ब ११ करोड रुपैयाँ प्रोभिजन गरेको छ। 

बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सुधार देखिएको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकको ८९.७९ प्रतिशत रहेको सीडी रेसियो ८७.६८ प्रतिशतमा आएको छ। बैंकको प्रतिसेयर आम्दानी २७.८२ रुपैयाँ र बुक भ्यालु २१४.६९ रुपैया छ। 

बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड, निक्षेप ३९६ अर्ब र कर्जा लगानी ३३२ अर्ब छ। बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९६ करोड रुपैयाँ छ।

 

ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकले ७ अर्ब २५ करोड नाफा गरेको छ।  अघिल्लो वर्ष त्यही अवधिमा बैंकले ४ अर्ब ९५ करोड नाफा गरेको थियो। 

बैंकको निष्क्रिय कर्जा ३।०८ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष त्यही अवधिमा १.२८ प्रतिशत मात्रै थियो। बैंकको खराब कर्जा बढ्दा प्रोभिजन २ अर्ब ९५ करोड पुगेको हो। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले वितरणयोग्य नाफा ३ अर्ब २३ करोड थियो। 

बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड छ। बैंकले ४२६ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ३५६ अर्ब लगानी गरेको छ। बैंकको वितरणयोग्य नाफा २ अर्ब ९५ करोडमा सीमित भएको छ। 

बैंकको वितरणयोग्य मुनाफालाई हेर्दा लाभांश क्षमता ८.२६ प्रतिशत देखिएको छ। 

गत वर्ष त्यही अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ९५ करोड रुपैयाँ थियो। बैंकको सीडी रेसियो ८३.४७ प्रतिशत छ। बैंकको प्रतिसेयर आम्दानी २०.२८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६४.०५ रुपैयाँ छ। 

राष्ट्रिय वाणिज्य बैंक 
राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा ४ अर्ब २९ करोड नाफा गरेको थियो। 

गत वर्षको तुलनामा बैंकको नाफा १४.५४ प्रतिशतले बढेको छ। बैंकको निष्क्रिय कर्जा पनि २.९५ प्रतिशत पुगेको छ। 

अघिल्लो वर्ष त्यही अवधिमा बैंकको निष्क्रिय कर्जा ३।०७ प्रतिशत थियो। निष्क्रिय कर्जा बढ्दा बढेको छ। खराब कर्जा बढ्दा बैंकले गत वर्ष १ अर्ब ८ करोड प्रोभिजन छुट्याएको छ। 

बैंकको चुक्ता पुँजी १५ अर्ब ६३ करोड छ। बैंकले चैतसम्म ३२१ अर्ब निक्षेप संकलन गरी २३० अर्ब कर्जा लगानी गरेको छ। बैंकको सीडी रेसियो ७६ प्रतिशत आइपुगेको छ। 

एनआईसी एसिया बैंक 
एनआईसी एसिया बैंकले ४ अर्ब ६५ करोड नाफा गरेका छन्। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले ४ अर्ब २१ करोड नाफा गरेको थियो। जुन गत वर्षको त्यही अवधिको तुलनामा १०।३५ प्रतिशत धेरै हो। 

त्यसैगरी बैंकको निष्क्रिय कर्जा ०.८० प्रतिशत पुगेको छ। गत वर्ष त्यही अवधिमा बैंकको निष्क्रिय कर्जा ०.५३ प्रतिशत थियो। 

बैंकको वितरणयोग्य नाफा ३ अर्ब ६९ करोड रुपैयाँ रहेको छ। बैंकको वितरणयोग्य नाफालाई हेर्दा लाभांश क्षमता ३१.९२ प्रतिशत देखिएको छ।

बैंकले ब्याज आम्दानी वापत १२ अर्ब ३७ करोड छ। त्यसैगरी फी कमिशनबाट २ अर्ब ३२ करोड छ। 

बैंकको खराब झिनो अंकले बढ्दा प्रोभिजन घटेको छ। गत वर्ष बैंकले ३९ करोड प्रोभिजन गरेको छ। 

बैंकको सीडी रेसियोमा समेत सुधार आएको छ। बैंकको सीडी रेसियो ८३.५५ प्रतिशत रहेको छ। 

बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड, निक्षेप ३११ अर्ब र लगानी २६२ अर्ब रुपैयाँ रहेको छ। 

बैंकको प्रतिसेयर आम्दानी ४०.२२ र प्रतिसेयर नेटवर्थ २५६.४१ प्रतिशत रहेको छ। सञ्चालनमा रहेका वाणिज्य बैंकमध्येमा यस बैंकको इपीएस सबैभन्दा धेरै छ। 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक 
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब २९ करोड नाफा गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले ३ अर्ब ७९ करोड नाफा गरेको थियो। 

त्यसैगरी बैंकको निष्क्रिय कर्जा ४.३५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकको खराब कर्जा १.४९ प्रतिशत थियो। 

बैंकले खराब कर्जाका लागि छुट्याएको प्रोभिजन राइट ब्याक गरी नाफा बढाएको छ। बैंकले २ अर्ब ४४ करोड राइट ब्याक गरेको छ। 

बैंकको ब्याज आम्दनीवापत १२ अर्ब २७ करोड आम्दानी भएको छ। त्यसैगरी फी कमिसनबाट १ अर्ब ६१ करोड छ। 

बैंकको सीडी रेसियो ८५.१४ प्रतिशत छ। बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको छ। 

बैंकले ३५३ अर्ब निक्षेप संकलन गरी ३०३ अर्ब लगानी गरेको छ। बैंकको प्रतिसेयर आम्दानी १६.७ पैसा र प्रतिसेयर नेटवर्थ १७०.४८ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .