कारोबार


नाडा अटो शो : दुई पांग्रेतर्फ कुन ब्रान्डका कस्ता मोडल आउँदैछन्?

नाडा अटो शो : दुई पांग्रेतर्फ कुन ब्रान्डका कस्ता मोडल आउँदैछन्?

फाइल तस्बिर


वसन्त अर्याल
साउन २२, २०८० सोमबार १४:१०, काठमाडौँ

नाडा अटो शो २०२३ मा दुईपांग्रे सवारी साधनको सहभागिता सार्वधिक रहने भएको छ। अटो शोमा पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटर्सका दुई पांग्रेको उत्साहजनक सहभागिता रहने नाडाले जनाएको छ।  

नाडामा करिब २ दर्जन ब्रान्डको उपस्थिति रहने छ। जसमा करिब १ दर्जन विद्युतीय २ पांग्रेको समेत उपस्थिति रहने नाडा अटो शो समितिले जानकारी दिएको छ। अटो शोमा चारपांग्रे भन्दा २ पांग्रेका ब्रान्डको उपस्थिति बढी रहेको छ।

नाडा अटो शो भदौ २६ गते देखि ३१ गतेसम्म काठमाडौं प्रदर्शनीमार्गको भृकुटीमण्डप परिसरमा आयोजना हुँदै छ।

अटो शोमा चारपांग्रे, तीन पांग्रे, दुईपांग्रे सवारी तथा ढुवानीका साधन, स्पेयर पार्टस्, टायर ट्युब, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्टस लगायत वस्तुका स्टल पनि दर्ता भएका छन्।

नाडा अटो एक्पोका सभापति अनुप कुमार बरालले स्टल दर्ता र बाँडफाँट गरिसकेको बताए। उनले अटो शोमा नेपालमा बिक्री हुने ठूला ब्रान्डको उपस्थिति रहने बताए।

‘नाडामा सधैं २ पांग्रे बान्डकै उपस्थिति बढी हुन्छ,’ नाडा अटो शोका संयोजक अनुप बरालले भने, ‘पेट्रोलसँगै विद्युतीय २ पांग्रेको उपस्थिति उत्साहजनक रहने छ।’

नाडाका अनुसार दुई पांग्रेमा बजाज, टीभीएस, हिरो–होन्डा, रोयल इन्फिल्ड, बेनली, क्रसफायर, केटीएम, बीएमडब्लु, जावा, सुजुकी, भेस्पा तथा अप्रिला, पेट्रोल इन्जिनमा उपलब्ध रहेका छन्।

विद्युतीयमा सान्रा, याडिया, सेगवे, लेक्ट्रो (साइकल), इभोक, जेन्टेज, स्लेनेन, कोमाकी, पिअर इभी, अफ्टेक लागायत २१ वटा ब्रान्डले सहभागी हुन रजिस्ट्रेसन गराएका छन्।

मुख्य ब्रान्डको रुपमा बजार हिस्सा राम्रो रहेको यामाहाले भने उपस्थिति नजनाउने बताएको छ।

यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रले आफूहरुको उपस्थिति नरहने बताए।

‘अहिले शोरुममा भएको मोडल नै त्यति ठूलो अटो शोमा के राख्नु,’ क्षेत्रीले भने,‘नयाँ मोडल नभएकाले उपस्थित नहुने निर्णय गरेका छौं।’

कुन ब्रान्डका कस्ता मोडलको उपस्थिती हुन्छ ?
अटो शो कोभिड माहामारीका कारण सन् २०२० र २०२१ मा हुन सकेन। सन् २०२२ मा नाडा इभी एक्स्पो आयोजना भएको थियो।

चाडपर्वअघि हुने नाडा अटो शोमा २० अर्ब बढीको कारोबार हुने नाडाले अपेक्षा गरेको छ। त्यसमा २ पांग्रेको हिस्सा उल्लेख्य हुने व्यवसायी बताउँछन्।

नाडा अटो शोमा पछिल्लो ३ वर्षमा सार्वजनिक मोडल र केही नयाँ मोडलको उपस्थिति रहने छ।

नेपालमा ठूलो बजार हिस्सा भएको बजाजले एनएसका अपग्रेडेड एनएसको बुकिङ गरिरहेको छ।

एनएस २०० र एनएस १६० ‘द अल न्यु एनएस’को नाडामा उपस्थित हुने छ। त्यसबाहेक एन १६० र एन २५० को बजार उपस्थिति राम्रो रहेको छ। प्रिमियम मोडलका रुपमा डोमिनार रहेका छन्।

‘एनएसका २ वटा नयाँ मोडल हालै भित्रिएका छन्। यी नै मुख्य आकर्षकणका रुपमा रहन्छन्,’ एचएच एन्ड कम्पनीका मार्केटिङ हेड अमित चालिसेले भने, ‘एनएस १६० र २०० सँगै अरु मोडलहरु आकर्षणका रुपमा रहेका छन्।’

प्रिमियम ब्रान्ड जावाले आफ्ना आकर्षक मोडलको साथ उपस्थिति हुने भएको छ। जावाको आधिकारिक बिक्रेता अग्नि मोटो इंकका सेल्स हेड प्रत्युस श्रेष्ठले सकेसम्म नयाँ मोडल ल्याउने प्रयासमा रहेको बताए।

‘२–३ वटा नयाँ मोडल ल्याउने प्रयास हो,’ श्रेष्ठले भने,‘अटो शोसम्म आइपुग्छ कि पुग्दैन अहिले नै भन्न सकिँदैन।’

नयाँ मोडलको आए पनि नआए पनि फोर्टी टु र प्रीक मोडलको उपस्थिति रहने छ।

दुईपांग्रेमा प्रिमियम ब्रान्डको रुपमा रहेको अप्रिला र भेस्पाले नयाँ मोडल आउने सम्भावना रहेको बताएका छन्।

अप्रिला भेस्पाको आधिकारिक बिक्रेता डेल्टा अटो कर्पका विजय महतोले नयाँ मोडलसहित उपस्थित रहने प्रयासमा रहेको बताए।

‘उत्पादक कम्पनीबाट कम्तीमा १ वटा नयाँ मोडल पठाउने भनेको छ,’ महतोले भने,‘नयाँ मोडल आउनेमा पूर्ण विश्वास छौं। नभए पनि नाडा अटो शोमा उपस्थिति त रहन्छ नै।’

अल्फा अटोमोटिभ्सले रोयल इन्फिल्डका ब्रान्डको उपस्थिति गराउँदै छ। क्लासिक ३५० र स्क्रयाम ४११ मोडल रहने छन्।

विद्युतीयमा याडियाको बलियो उपस्थिति हुँदै छ। याडिया सिवानएस, जी फाइभ, इ८एस प्रो, एम ६ र एस लाइक उपलब्ध रहेका छन्।

नाडा अटो शोमा सहभागी हुने अधिकांश दुईपांग्रे कम्पनीले अहिलेसम्म नयाँ कुन मोडल आइपुग्छ स्पष्ट भैनसकेको बताएका छन्।

अधिकांश कम्पनीको उत्पादक भारतमा रहेकाले त्यहाँको बजारमा आएका मोडल नेपाल ल्याउने प्रयासमा व्यवसायीहरु रहेका छन्।

व्यवसायीका अनुसार एक हप्तापछि कुन कम्पनीको कुन नयाँ मोडल अटो शोमा सहभागी हुन्छ स्पष्ट हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .