कारोबार


व्यवसाय विस्तारमा आक्रामक बैंकहरू : तीनवटाको घट्दा १७ वटाले बढाए, कुनको कति पुग्यो?

व्यवसाय विस्तारमा आक्रामक बैंकहरू : तीनवटाको घट्दा १७ वटाले बढाए, कुनको कति पुग्यो?

केशर बोगटी
साउन २३, २०८० मंगलबार १८:४४, काठमाडौँ

गत वर्ष १७ वटा वाणिज्य बैंकले व्यवसाय बढाउँदा तीनवटाको भने घटेको छ।

माछापुच्छ्रे बैंक, कृषि विकास बैंक र स्टान्डर्ड चाटर्ड बैंकको व्यवसाय घट्दा अन्य १७ वाणिज्य बैंकहरुले बढाएका छन्।

गत वर्ष लगानीयोग्य रकम (तरलता) अधिक हुँदा १७ वाणिज्य बैंकहरुले व्यवसाय बढाएका हुन्। त्यसैगरी प्राथमिक पुँजी कोष टाइट हुँदा माछापुच्छ्रे बैंकले व्यवसाय वृद्धि गर्न सकेन।

खराब कर्जा सुधारमा केन्द्रित हुँदा कृषि विकास बैंकले पनि व्यवसाय बढाउन सकेन। यता स्टान्डर्ड चाटर्ड बैंकसमेत खराब कर्जा बढ्न नदिन कर्जा विस्तारमा केन्द्रित देखिएन।

त्यसैगरी पुँजी कोष टाइट भएका अन्य बैंकको व्यवसाय सामान्य बढेको छ।

सर्वाधिक व्यवसाय गर्ने ग्लोबल आईएमई बैंक
गत वर्ष ग्लोबल आइएमई बैंक सर्वाधिक व्यवसाय गर्ने पहिलो नम्बरमा देखिएको छ।

बैंकले अघिल्लो वर्षको तुलनामा गत वर्ष ३८.०९ प्रतिशतले व्यवसाय बढाएर ३५६ अर्ब पुर्‍याएको हो। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले २५८ अर्बको व्यवसाय गरेको थियो।

त्यसैगरी दोस्रोमा नबिल बैंक छ। बैंकले गत वर्ष ३३२ अर्बको व्यवसाय गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले ३०० अर्बको व्यवसाय गरेको थियो।  

तेस्रो नम्बरमा नेपाल इन्भेष्टमेन्ट बैंक छ। बैंकले ३०३ अर्बको व्यवसाय गरेको छ।

सबैभन्दा कम व्यवसाय विस्तार गर्नेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक छ। बैंकले गत वर्ष ७७ अर्बको व्यवसाय गरेको छ।

तीन वाणिज्य बैंकको व्यवसाय घट्यो
गत वर्ष ३ वाणिज्य बैंकको व्यवसाय विस्तार घटेको छ। अघिल्लो वर्षको तुलनामा स्टान्डर्ड चाटर्ड, कृषि विकास र माछापुच्छ्रेको व्यवसाय विस्तार घटेको छ।

माछापुच्छ्रे बैंकको व्यवसाय १.६४ प्रतिशतले घटेर १२६ अर्बमा सीमित भएको छ। अघिल्लो वर्ष त्यही अवधिमा माछापुच्छ्रे बैंकले १२८ अर्ब को व्यवसाय गरेको थियो।

त्यसैगरी कृषि विकास बैंकको व्यवसाय ०.९३ प्रतिशतले घटेको छ। गत वर्ष बैंकले १७१ अर्बको व्यवसाय गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले १७३ अर्बको व्यवसाय गरेको थियो।

गत वर्ष स्टान्डर्ड चाटर्ड बैंकको व्यवसाय १.६९ प्रतिशतले घटेको छ। गत वर्ष बैंकले ७७ अर्बको व्यवसाय गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले ७९ अर्बको व्यवसाय गरेको थियो।

कुन बैंकले कतिको व्यवसाय गरे?
सिटिजन्स बैंक : गत वर्ष सिटिजन्स बैंकको व्यवसाय विस्तार ६.९० प्रतिशतले बढेर १४० पुगेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले १३१ अर्बको व्यवसाय गरेको थियो।

एभरेष्ट बैंक : एभरेष्ट बैंकले १६० अर्बको व्यवसाय गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले १४५ करोडको व्यवसाय गरेको थियो।

ग्लोबल आईएमई बैंक : ग्लोबल आईएमई बैंकले व्यवसाय ३८.०९ प्रतिशतले बढेको छ। गत वर्ष बैंकले ३५६ अर्बको व्यवसाय गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले २५८ अर्बको व्यवसाय गरेको थियो।

हिमालयन बैंक : हिमालयन बैंकको व्यवसाय २३० अर्बको गरेको छ। अघिल्लो वर्षको त्यही अवधिको बैंकले १४७ अर्बको व्यवसाय गरेको थियो। जुन अघिल्लो वर्षको तुलनामा ५६.४२ प्रतिशत धेरै हो।

कुमारी बैंक : कुमारी बैंकको व्यवसाय ७७.३५ प्रतिशतले बढेको छ। गत वर्ष बैंकले २७० अर्बको व्यवसाय गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा १५२ अर्बको व्यवसाय गरेको छ।

लक्ष्मी सनराइज बैंक : लक्ष्मी बैंकको व्यवसाय १०० प्रतिशतले बढेको छ। बैंकले गत वर्ष २५३ अर्बको व्यवसाय गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले १२६ अर्बको व्यवसाय गरेको थियो।

नबिल बैंक : नबिल बैंकको व्यवसाय १०.८२ प्रतिशतले बढेको छ। बैंकले गत वर्ष ३३२ अर्बको बिजनेश गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकको ३०० अर्बको व्यवसाय गरेको छ।

नेपाल बैंक : नेपाल बैंकको व्यवसाय ४.३२ प्रतिशतले बढेको छ। गत वर्ष बैंकले १७८ अर्ब विजनेश गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले १७१ अर्बको व्यवसाय गरेको छ।

सिद्धार्थ बैंक : बैंकको व्यवसाय ३.०६ प्रतिशतले बढेको छ। गत वर्ष बैंकले १८४ अर्बको व्यवसाय गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले १७८ अर्बको व्यसाय गरेको छ।

नेपाल एसबीआई बैंक : गत वर्ष नेपाल एसबिआई बैंकले ११६ अर्बको कारोबार गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले १०५ अर्र्बको व्यवसाय गरेको थियो।

सानिमा बैंक : सानिमा बैंकको व्यवसाय ६.५० प्रतिशतले बढेको छ। गत वर्ष बैंकले १४५ अर्बको व्यवसाय गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैकले १३६ अर्बको नाफा गरेको थियो।

प्रभु बैंक : बैंकको बिजनेस ६३.८५ प्रतिशतले बढेको छ। गत वर्ष बैंकले २३८ अर्बको  विजनेश गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले १४५ अर्बको व्यवसाय गरेको थियो।

एनएमबी बैंक : यस बैंकको व्यवसाय ८.२१ प्रतिशतले बढको छ। गत वर्ष बैंकले १८९ अर्बको व्यवसाय गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले १७४ अर्बको व्यवसाय गरेको थियो।

एनआईसी एसिया बैंक : यस बैंकको बिजनेस ३.८२ प्रतिशतले बढेको छ। गत वर्ष बैंकले २६२ अर्बको व्यवसाय गरेको छ। अघिल्लो वर्ष त्यही अवधिमा बैंकले २५२ अर्बको व्यवसाय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .