कारोबार


अनरोड र अफरोड कुदाउन ‘कम्फर्टेबल’ यज्दी स्क्राम्बलर


वसन्त अर्याल
साउन २५ , काठमाडौँ

क्लासिक सेगमेन्टमा यज्दी मोटरसाइकल पुरानो र चर्चित ब्रान्ड। यज्दी रोडकिङ कुनै समय भारतमा चर्चित मोडल।

चेकरिपब्लिकमा जावा ब्रान्डमा उत्पादित मोटरसाइकल फारोख पी इरानी र रुस्तम एस इरानीले भारतमा ल्याई यज्दी ब्रान्डमा १९६१ मा उत्पादन थाले। भारतमा आएदेखि क्लासिक मोटरसाइकल सेग्मेन्टमा आफ्नो बेजोड प्रदर्शनका लागि परिचित छ।

यो मोडल बीचमा बन्द रह्यो। महिन्द्रा ग्रुपले जावा ब्रान्डमा २०१८ मा भारतमा पुनः उत्पादन सुरु गर्यो। त्यसपछि यज्दी ब्रान्डमा पनि मोटरसाइकल उत्पादन हुन थाले। २०१८ पछि क्लासिक लिजेन्ड्स अत्याधुनिक टेक्नोलोजी र डिजाइनसहित यज्दी ब्रान्डलाई पुनर्जीवित गरी बजारमा ल्याएको छ।

नेपालमा अग्नी ग्रुप अन्तर्गतकै अग्नी मोटो इंकले जावासँगै यज्दी ब्रान्डका मोटरसाइकल बिक्री वितरण गर्दै आएको छ। यज्दीका ३ मोडल नेपाल भित्रिएका छन्। स्क्राम्बर, एडभेन्चर र रोडस्टर मोडल बजारमा छन्।

अनरोड र अफरोड कुदाउन ‘कम्फर्टेबल’ यज्दी स्क्राम्बलर
मोटरसाइकल चलाउँदा कन्फटेबलसँगै साहसिक अनुभव हुन्छ। इन्जिनको क्षमता राम्रो छ। पिक अफ पनि राम्रो छ। यज्दी स्क्राम्बलमा लिक्यिड कुल्ड फोर स्ट्रोक सिंगल सिलिन्डर रहेको छ। इन्जिनको क्षमता ३३४ सीसी रहेको छ। बाइकले अधिकतम पावर २९.१ पीएस  र २८.२ एनएम टर्क जेनेरेट गर्छ। ट्याक्स क्षमतामा १२.५ लिटरको रहेको छ।

यज्दी स्क्राम्बलर ६ वटा गियरसम्म चलाउन मिल्छ। राइड गर्दा बाइक कुन गियर छ त्यो डिस्प्लेमा देखिन्छ।

स्पिडमा चलाउँदा भाइब्रेट कम आउने हुँदा लामो दूरीको लागि अत्यन्त सहज महसुश हुन्छ। मोटरसाइकल राइडिङमा टेरेन अनुसार फरक मोडमा कुदाउन सकिन्छ। रोड, अफरोड र रेन मोडमा ठाउँ अनुसार कुदाउन सकिन्छ। डीअल च्यानल एबीएस सिस्टम भएकाले अफरोडमा कुदाउँदाको अनुभूती बेग्लै हुन्छ।

अफ रोड र हाइवेमा फरक फरक मुडमा राखेर चलाउन मिल्ने सुविधा एकदमै राम्रो छ। विषेशगरी अफ रोडमा चलाउन यो बाइक कन्फर्टेबल छ। अफरोडको बाटोमा कुदाउन सहज हुनेगरी ग्राउन्ड क्लियरेन्स २०० एमएम राखिएको छ। यो सेगमेन्टको बाइकमा राम्रो सुविधा हो।

खाल्डा खुल्डिमा पनि चलाउन सहज छ। खाल्डा खुल्डिमा धेरै जम्प नहुने हुँदा बाइक चालकसँगै पछाडि बस्नेको लागि पनि राम्रो छ। मोटरसाइकलको ह्वीलबेस १४ सय ३ एमएम रहेको छ। सिट हाइट ८०० एमएम र कर्भ वेट १८२ केजी। मोटरसाइकलको माइलेज २५ किलोमिटर प्रतिलिटर दिन्छ।

अघिल्लो ब्रेक फ्लोटिङ क्यालिपरसँगै ३२० एमएमको डिस ब्रेक रहेको छ। पछिल्लो टायरमा २४० एमएम डिससँगै फलोटिङ कालिपर रहेको छ। अन्य फिचर्सहरुमा एलसीडी स्पिडोमिटर, स्वीचेवल, एबीएस राइड मोड, युएसबी चार्जर रहेको छ।

यज्दी स्क्राम्बलरमा सेफ्टी फिचर्स पनि रहेको छ। साइड स्ट्यान्ड वार्निङ रहेको छ। साइड स्ट्यान्ड नहटाएसम्म मोटरसाइकल कुदाउन मिल्दैन। डिस्प्लेमा इन्जिन वार्निङ, ब्याट्रि डिस्प्ले देखाउँछ।

६ वटा कलरमा नेपालमा उपलब्ध रहेको मिन ग्रिन, मिडनाइन ब्लु, रेबल रेड, येलिङ यल्लो, आउटलो ओलिभ र फायर ओरेन्ज कलरमा उपलब्ध रहेको छ।

कलर अनुसार बाइकको मूल्यमा केही फरक रहेको छ। सिंगल टोनको भन्दा डिअल टोनको मूल्य केही बढी रहेको छ। यज्दी स्क्राम्बलरको सुरुवाती मूल्य ९ लाख ४८ हजार रुपैयाँ रहेको छ। 

फोटो/भिडिओ : सरोज नेपाल

साउन २५, २०८० बिहिबार ११:५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .